काठमाडौं । विगत केही सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ । आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला ४५ रुपैयाँले वृद्धि हुँदै ३ हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।