गत मङ्सिर ९ गतेदेखि पोखरामा जारी फेवा किङ्ग्स कपमा आज तीन खेल हुनेछन।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ मा शनिबार पहिलो खेलमा एपिएफ क्बलसँग त्रिभुवन आर्मी क्लब र दोस्रो खेलमा गण्डकीसँग कोशी र अन्तिम खेलमा आयोजक किङ्ससँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने
खेल आगामी मङ्सिर १५ गतेसम्म हुने आयोजकले जनाएको छ। खेल पोखराको रंगशालास्थित भलिबल कोर्टमा हुनेछ।