• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान


  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • चितवन। भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा अहिलेसम्म दुई शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

    Advertisement

    उनका अनुसार बाँकेको कोहलपुर नगरपालिका–११ निवासी २३ वर्षीय कबिरलाल चौधरीको शव दाजु सुग्रिन थारुले पहिचान गरेका छन्। त्यसैगरी, रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका–४ नेवारपानी निवासी ४३ वर्षीय रामकाजी पौडेलको शव उनका दाजु सुवास पौडेलले सनाखत गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

    प्रहरी उपरीक्षक पौडेलका अनुसार हालसम्म बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १८६ शव भेटिएका छन्। “भेटिएका शवको पहिचानका लागि सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ। ती शवको तस्बिर केन्द्र नजिकै रहेको चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्ले बोर्डमा राखिएको छ”, उनले भने।

    हाल २२ वटा शव व्यवस्थापन तथा पहिचान केन्द्रमा लगिएको जनाउँदै ४० भन्दा बढी शवको तस्बिर डिस्प्ले बोर्डमा देखाइएको प्रहरी उपरीक्षक पौडेलले बताए। अन्य शवको भने भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिच्ने काम भइरहेको उनले जानकारी दिए।

    तस्बिर खिचिएका शवको डिस्प्ले गर्न सुरु गरिएकाले आफन्तले डिस्प्ले बोर्डमा तस्बिर हेरेर शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए। ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने र आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा पठाइने उनले जानकारी दिए।

    पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरी उपरीक्षक पौडेलले बताए। उनका अनुसार शव पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ।

    फोरेन्सिक विज्ञको अभाव र गर्मीका कारण शव व्यवस्थापनमा समस्या

    त्रिशूली, नारायणी नदी तथा आसपासका क्षेत्रमा भोटेकोशी बाढीले बगाएर ल्याएका सङ्कलित शवको पहिचान र व्यवस्थापनमा भरतपुर अस्पतालमा गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव तथा चितवनको अत्यधिक गर्मी र ओसिलो (ह्युमिड) मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा विश्वबन्धु बगालेले जानकारी दिए।

    मेसु डा बगालेले यति धेरै शव सङ्कलन हुने पूर्व तयारी नरहेको बताउँदै जनशक्ति अभावका कारण अन्य अस्पतालसँग सहयोग मागिएको जानकारी दिए। उनले भने, “हामीकहाँ फोरेन्सिक विज्ञको अभाव छ। हामीसँग पूर्व तयारी पनि थिएन। त्यसैले बाँकेको भेरी अस्पताल, नेपाल मेडिकल कलेज काठमाडौँ र स्थानीय मेडिकल कलेजहरूमा पत्राचार गरी फोरेन्सिक विज्ञ तथा सहयोगी कर्मचारी पठाइदिन अनुरोध गरेका छौँ। केही अस्पतालले जनशक्ति पठाइसक्नुभएको छ भने थप विज्ञहरू आउने क्रममा हुनुहुन्छ।”

    मेसु डा बगालेका अनुसार हाल दुई वटा टोली बनाएर शव परीक्षण तथा पहिचानको काम भइरहेको छ भने थप विज्ञहरू आएपछि टोली सङ्ख्या बढाएर कामलाई अझ तीव्र बनाइनेछ। उनले भने, “मानिसको मृत्युपश्चात् शरीरमा प्राकृतिक रूपमै परिवर्तनहरू सुरु हुन्छन्। त्यसमाथि चितवनको गर्मी र ओसिलो वातावरणका कारण ‘डिकम्पोजिसन’ (कुहिने क्रम) एकदमै तीव्र गतिमा भइरहेको छ। पूरै शवबाट पहिचान गर्न नसकिए पनि विज्ञद्वारा खिचिएका तस्बिर र विशेष पहिचान चिह्न (आइडेन्टिफिकेसन मार्क) हेरेर आफन्तले पहिचान गर्न सकुन् भनेर हामीले यो प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाएका छौँ।”

    • रसुवा बाढी
    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.