प्रतिनिधिसभा सदस्य पार्वती विकले रसुवा बाढी तथा पहिरोको संकटका बेला राजनीतिक दलका विषयभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार तथा राहतमा जुट्नुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विकले विपद्को समयमा सरकारले कुनै पनि कमजोरी नगरी नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने बताइन् ।
‘बाढीको संकटका बेला पार्टीका कुरा होइन, राष्ट्रिय एकताका साथ उद्धार कार्यमा लाग्नुपर्छ,’ उनले भनिन् ।
विकले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र तथा क्षेत्रलाई परिचालन गर्न सरकारसँग माग गरिन् । अहिले ‘बचाऊ, बचाऊ’ भन्दै गुहार मागिरहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ छ ।