• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

हसिनाको स्वदेश फर्किने घोषणा


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन् । भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन् ।

    Advertisement

    एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताइन् । उनले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गरिन् ।

    विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि भीडले प्रधानमन्त्री निवास घेरेको थियो । त्यसपछि उनी हेलिकोप्टरमार्फत भारत आएकी थिइन् । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दबाउन गरिएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।

    गत नोभेम्बरमा ढाकास्थित एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाले उक्त निर्णयलाई कानूनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन् ।

    भारतमा गोप्य स्थानमा बसोबास गरिरहेकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नभएको बताइन् । उनका अनुसार ढाकाले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि आफ्नो स्वदेश फर्कने निर्णय त्यससँग सम्बन्धित छैन । भारतीय अधिकारीहरूले प्रत्यर्पणबारे आफूसँग कुनै छलफल नगरेको र भारतमा सम्मानपूर्वक बसिरहेको उनले उल्लेख गरिन् ।

    हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत–बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः स्थिर हुँदै गएको बताइएको छ ।

    मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन् । तर हसिनाले ती आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियानको संज्ञा दिँदै प्रत्येक आरोपपछि अनुसन्धान गरिएको र दोषीमाथि कानूनी कारबाही भएको दाबी गरिन् ।

    उनले विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि अस्वीकार गरिन् । आफ्नो सरकारले धैर्यका साथ आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान प्रयास गरेको दाबी गर्दै उनले उक्त आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन मात्र नभई योजनाबद्ध राजनीतिक अभियान भएको आरोप लगाइन् ।

    भारतमा हालै विद्यार्थी नेतृत्वमा भएका विरोध प्रदर्शनबारे टिप्पणी गर्न उनले अस्वीकार गरिन् । साथै, बङ्गलादेशमा प्रभावकारी रूपमा प्रतिबन्धमा परेको आफ्नो अवामी लिग पार्टीमार्फत स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीति गर्ने वा नगर्नेबारे पनि स्पष्ट जवाफ दिएनन् ।

    उनले आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको बताइन् । आन्दोलनका क्रममा ज्यान गुमाएका सबै परिवारप्रति सहानुभूति रहेको उल्लेख गरे पनि उनले माफी माग्न अस्वीकार गरिन् । आन्दोलनका क्रममा सरकारले लिएका निर्णयप्रति पछुतो लागेको हो वा होइन भन्ने प्रश्नमा उनले राज्यका निर्णय कुनै एक व्यक्तिले मात्रै नगर्ने भएकाले सम्पूर्ण परिस्थितिलाई अलग गरेर मूल्याङ्कन गर्न नमिल्ने प्रतिक्रिया दिइन् । रासस

    • हसिना
    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.