दैलेखमा एक्कासि बिरामी भएका आमा-छोराको मृत्यु भएको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ खाडा निवासी २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुष रावलको मृत्यु भएको हो।
साउन ३ गते राती खानाखाएर सुतेका आमाछोरा राती नै छोराको मृत्यु भएको थियो । भने तीनदिन पछाडी आज बुधबार बिहान ६:२५ बजे कमलाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
उनीहरु साउन ३ गते राति सकुशल सुतेका थिए। भोलिपल्ट उठ्दा शरीर झमझमाउने र रिंगटा लाग्ने भएपछि नजिककै मेडिकलमा गएका थिए। त्यसपछि उनका छोरालाई उपचारका लागी लैजादै गर्दा ९ बजे बिहान बाटोमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अस्पतालमा मृत्यु भएकी रावललाई सर्पले टोकेको जस्तौ लक्षण देखिएको तर कारण पत्ता नलागेको बताइएको छ।