रुकुम पश्चिममा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिलाको मुसिकोट नगरपालिका
३ मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा २५ वर्षीय सुन्दर भण्डारीको मृत्यु भएको हो ।
आइतबार राती ११ बजेतिर साथीहरू सँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो।
आज बिहान ०३:०० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिनुभयो । अन्य साथीहरु लाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाइएको छ।