रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अस्पतालमा कार्यरत ४२ वर्षीय सुरक्षा गार्ड रामबहादुर ओलीको शव सानीभेरी गाउँपालिका–४ स्थित सुवाखोला नजिकै नदी किनारमा फेला परेको छ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका ओलीको शव फेला परेको जानकारी वडा नं. ४ का अध्यक्ष मनोज बुढाथोकीले दिनुभएको छ। स्थानीयवासीको सूचनाका आधारमा शव भेटिएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।