रुकुम पश्चिम। निर्वाचन आयोगले दल त्याग गरेको आधारमा रुकुम पश्चिमका विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ अनुसार सम्बन्धित दलबाट प्राप्त जानकारीका आधारमा पद रिक्त भएको जनाएको हो।
प्रकाशित सूचनाअनुसार आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, मुसिकोट नगरपालिका र जिल्लासमिति सदस्य पदमा रहेका जनप्रतिनिधिहरूको पद रिक्त भएको हो। रिक्त हुनेमा वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरू समेत रहेका छन्।
निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दलको निर्णय र कानुनी व्यवस्थाअनुसार पद रिक्त भएको जानकारी सार्वजनिक गरेको जनाएको छ। आयोगको सूचनापछि सम्बन्धित स्थानीय तहमा रिक्त पद पूर्तिका विषयमा चासो बढेको छ।
पुरा विवरण हेर्नुहोस्
