जाजरकोट । जिल्लाको नलगाड नगरपालिका–२ छेप्का स्थित एक घरमा ग्यास सिलिन्डर लिक भई आगलागी भएको छ।
Advertisement
२०८२ साल चैत २९ गते बिहान करिब १०:०० बजे थालु प्रसाद जैशीको घरको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डर लिक हुँदा आगलागी भएको हो।
आगलागीबाट घरमा रहेका ३ जना घाइते भएका छन्। घाइते हुनेमा ४२ वर्षीया माया जैशी (गम्भीर), २२ वर्षीय गणेश गौतम (मध्यम) र ३७ वर्षीया रुपा जैशी (गम्भीर) रहेका छन्।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। आगलागीपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घाइतेहरुको अवस्था गम्भीर भएका कारण उनीहरुलाई काठमाडौ लैजान गृह मन्त्रालयसग हेलिकप्टरका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।