रुकुम पश्चिमको चौरजहारीमा खाना खाने क्रममा खाना सर्किदा एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका -३ स्यालखाेलाका का स्थानीय ४५ वर्षीय मेघराज बटालाकाे शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
ईलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार शुक्रबार राती खाना सर्किएर वेहोस भएका बटालालाई चौरजहारी अस्पताल लिईएको र उनलाई राति नै डाक्टरले मृत घोषणा गरेका थिए ।
खाना खाइरहेका बेला एक्कासि सर्को परेर उनी बेहोस भएका थिए। बटालाकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाएको बताईएको छ ।