प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमको चौरजहारीले नयाँ नगर कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माको प्रमुख आतिथ्यतामा आज चौरजहारीमा ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
Advertisement
पार्टीको विस्तारित बैठकबाट सुदास स्वर्णकारको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको प्रलोपाले बताएको छ । उक्त बैठकबाट एकसय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन पनि गरिएको छ । प्रलोपाले जिल्लाका बिभिन्न पालिकाहरुमा संगठन निर्माण लाई तीव्रता दिदै आएको छ। चौरजहारीमा प्रलोपाले आजै पार्टी कार्यालय पनि उद्घाटन गरेको छ।