काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासित गर्ने निर्णय गरेसँगै विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।
Advertisement
विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीलाई बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै कारबाही गरेको हो । यसका बाबजुद भृकुटीमण्डपमा गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ ।