रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका -१ रोकाजाखेतमा एक पुरुष मृत फेला परेका छन्।
उक्त वडामा रहेको गाउँघर क्लिनिकमा कार्यालय सहयोगीका रुपमा कार्यरत अन्दाजी ४५ वर्षका नर बहादुर यरी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएको स्यालाखदी अस्थायी प्रहरी चौकीले जानकारी दिएको छ ।
यरीको स्थानीयले शव आज विहान फेला पारेको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल तर्फ गैरहेको र घटना बारे थप अनुसन्धान हुने बताईएको छ । उनी सोही वडाको अधेरीखोलामा मृत फेला परेका हुन।