अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ ।
Advertisement
ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोली काण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् ।
ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डिभी) मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।