रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीले पार्टी कार्यालय उद्घाटन गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका स्थित खलंगामा रहेको साविकको माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रलोपाले आज आफ्नो पार्टीको ब्यानर र झन्डा राखेर उद्घाटन गरेको हो।
Advertisement
नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी विच भएको सहमति अनुसार खलंगामा रहेको पार्टी कार्यालय प्रलोपाले प्रयोग गर्ने र सेरीगाउँमा रहेको शहिद स्मृति प्रतिष्ठान नेकपाले प्रयोग गर्ने सहमति भएको थियो। सोही अनुसार आज प्रगतिशील पार्टीले आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको हो।
पार्टीका नेता जनार्दन शर्माले कार्यालय उद्घाटन गरेका छन्। भोली रुकुम पश्चिममा युवाहरुको वृहत जिल्ला भेला गर्ने र उक्त भेलालाई जनार्दन शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।