आठबिसकोट । रुकुम पश्चिमको मुसिकोट बाट आठबिसकोट राडी तर्फ आउँदै गरेको जीप आठबिसकोट १४ को पीपलचौरमा दुर्घटना भएको छ । सदरमुकाम खलङ्गा बाट राडी आउँदै गरेको लु १ ज २०८२ नम्वरको जीप आज दिउँसो दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा परेर चालक सहित १२ जना घाइते भएका छन्। घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका-९ का अभिषेक केसी, वडा नम्वर १३ का भरतजंग मल्ल, नलगाड नगरपालिका-८ का विष्णु केसी, आठबिसकोट १३ का डिल बहादुर विक, घाइते मध्ये आठबिसकोट १२ की रिता परियार को अवस्था गम्भिर रहेको र अन्यको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक हरी पुनले बताए । ब्रेक फेल भएर जीप अनियन्त्रित भएर सडक बाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको विवरण हेर्नुहोस
