रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -७ लिस्नेमा जिप दुर्घटना बाट ज्यान गुमाएका र घाइते परिवारलाई राहत हस्तान्तरण गरिएको छ । दुर्घटनामा परी ज्यान गुमाएका र घाइते परिवारलाई वैदेशिक रोजगारमा रहेका युवाहरूको सक्रीयतामा मृतक र घाइतेका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।
आठबिसकोट नगरपालिका-२ पहाडाका प्रकाश विकले सुरु गरेको राहत संकलन अभियानले मृतक र घाइते परिवारलाई आज वडा नम्वर २ का अध्यक्ष देव बहादुर यरीको उपस्थितिमा राहत स्वरुप १३ लाख ६१ हजार ९ सय ६२ रुपैयाँ वितरण गरिएको हो ।
गत कार्तिक ७ गते रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदी तर्ग जादै गर्दा जिप दुर्घटना हुँदा वडा नम्बर १, २ र ३ का ८ जनाको मृत्यु भएको थियो ।
वैदेशिक रोजगारको सिलशिलामा बिभिन्न देशहौमा बस्दै आएका स्वतन्त्र युवाहरुको सहयोगमा उक्त रकम संकलन गरिएको अभियान्ता प्रकाश विकले बताए। उनका अनुसार दुर्घटना बाट प्रभावित ३ वटै वडाका १८ घर परिवार लाई राहत वितरण गरिएको हो । पीडित परिवारलाई थोरै भएपनी राहत होस् । भनेर सहयोग गर्नु ईच्छुक युवाहरु लाई आह्वान गरेको थिए। सबैले साथ दिनुभयो। सबैमा धन्यवाद । विकले भने । अभियानमा सक्रीय बिमला पुन मगर दक्षिण कोरिया, रुकुम पश्चिम समुह अमेरीकामा रहेका दिपेन्द्र बुढा, कवि बुढाथोकी, लक्ष्मन पुन मगर र हरि थापा लगाएतका अन्य युवाहरुले आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हुन् ।
राहत वितरणको विवरण

