राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश समितिमा रूकुम पश्चिमबाट चार जना मनोनित भएका छन्।
Advertisement
प्रदेश सामितिमा मनोनित हुनेहरुमा आठबिसकोट नगरपालिका ९ का केशव जङ्ग मल्ल,चौरजहारी नगरपालिका १ का शिव कुमार शर्मा, बाँफिकोट गाउँपालिका ३ का दोर्ण खड्का र त्रिवेणी गाउँपालिका ९ का निर्मल कुमार चन्द लाइ प्रदेशमा सिफारिस गरिएको हो।
उनीहरु लाई फरक फरक जिम्मेवारीमा मनोनित गरिएको हो। जस मध्ये शर्मा र खड्का दुई जनालाई कर्णाली प्रदेश समिति सदस्य र मल्ल र चन्द दुई जनालाई समितिको मानव संशाधन तथा प्रवर्द्धन विभाग सदस्य मनोनित गरिएको हो ।
चार जना लाई कर्णाली प्रदेश समितिमा मनोनित गरिएको रास्वपाले रुकुम पश्चिमले जनाएको छ । पछिल्लो समय रास्वपाले रुकुम पश्चिममा संगठन विस्तारलाई तीव्रता दिएको छ।