• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ९४ पुगेपछि बेपत्ता आफन्त खोज्दै असह्य पीडा बीच परिवारजन अस्पताल–अस्पताल धाइरहेका छन् । उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठवटै आवासीय भवनलाई ३६ घण्टाभन्दा बढी समयसम्म जलेका खण्डहरमा रूपान्तरित गरिदियो ।

    Advertisement

    अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवनहरूलाई घेरेर निर्माणाधीन बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमकारक भएको आशङ्का गरिएको छ । शुक्रबार बिहानसम्म खोज तथा उद्धार टोलीले जलेका भवनहरूबाट लगातार कालो झोलामा शवहरू निकालिरहेका थिए । एएफपीका प्रतिनिधिहरूले छोटो समयमै धेरै शव निकालिएको देखेको उल्लेख गरेका छन् ।

    थुप्रै परिवारका सदस्यहरू अझै बेपत्ता रहेकाले सारासिनहरू अस्पतालमा भीड बढिरहेको छ । सा टिन अस्पतालमा भेटिएकी ३८ वर्षीया महिला ‘वोङ’ आफ्नी बहिनी र उनकी जुम्ल्याहा बहिनीको खोजीमा रुँदै ‘अहिलेसम्म कुनै जानकारी पाउन सकिएन, हामी दिनदिनै विभिन्न अस्पताल पुगिरहेछौँ’ भन्दै दुःख व्यक्त गरे ।

    अस्पतालहरूमा ५० जनाभन्दा बढी उपचाररत छन्, जसमा १२ जनाको अवस्था अत्यन्त गम्भीर र २८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताए । प्रत्यक्षदर्शीहरूका अनुसार आगो एक भवनमा लागेको केही मिनेटमै अर्को–अर्को ब्लकमा फैलिएको थियो ।

    अग्नि सेवाले एस्टेटका सबै फ्ल्याटहरूमा प्रवेश गरी खोजी कार्य सकिने बताएको छ । शुक्रबार बिहान पनि परिसरबाट सेतो धुवाँ निस्किरहेकाले आगलागीको पूर्ण नियन्त्रणमा समय लागेको देखिन्थ्यो । करिब दुई हजार एकाइमध्ये केहीमा मात्र आगो नियन्त्रणमा आएको थियो ।

    सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा सुरक्षा उपाय कडा बनाइएकाले यस्ता दुर्घटना धेरै कम भएका भए पनि यस प्रकरणले पुनः सुरक्षा प्रणालीबारे कठोर प्रश्न उठाएको छ ।

    यसैबीच, भ्रष्टाचार विरोधी निकायले परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितता बारे अनुसन्धान सुरू गरेको छ । प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्नसक्ने तरल सामग्री लापरवाहीपूर्वक छोडिएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको छ । केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर–घर दौडेर आफूहरूलाई एक–आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।

    हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ । प्रभावितहरूका लागि अस्थायी आवास, आपतकालीन सहयोग, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सहायता उपलब्ध गराइएको छ ।

    अनेक समुदायले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । नजिकैका सार्वजनिक चोकमा कपडा, खाना, औषधि र दैनिक आवश्यक वस्तुहरूका केन्द्र स्थापना गरिएको छ । सहयोग यति धेरै आएपछि आयोजकहरूले थप राहत सामग्री हाललाई आवश्यक नभएको अपिल गर्नुपरेको थियो । रासस

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.