काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नै पार्टी देशको “नम्बर १” राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्। आज सुदुरपस्चिमको पार्टी एकता सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक गतिविधि र जनसमर्थनका आधारमा नेपाली कम्युनिष्ट पार्टी मजबुत बन्दै गएको बताए।
Advertisement
प्रचण्डले पार्टी भित्रको एकता, संगठन विस्तार र स्थानीय तहदेखि संघीय तहसम्मको भूमिका बलियो हुँदै गएको उल्लेख गर्दै भने, “हामी नेपालका १ नम्बर पार्टी हुँदै गइरहेका छौँ।”
उनका अनुसार आगामी निर्वाचनमा जनताले विगतका कमजोरी सुधारिएको देख्ने र पार्टीलाई जिम्मेवार शक्तिको रूपमा विश्वास गर्ने अपेक्षा राखिएको छ।