नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म केन्द्रीय कार्यसमितिको बैठक सारिरहने बताएका छन्।
Advertisement
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन्। शुक्रबार बस्ने भनिएको बैठक सार्नुपरेकोमा उनले माफी पनि मागेका छन्।
‘माफ पाउँ सबैसँग बैठक सारेकोमा। गाली सबैले मलाई गर्नुस् जसले गाली गर्न डिजर्ब गर्नुहुन्छ’ उनले लेखेका छन्, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म।’
मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।