रुकुम पश्चिमका एकजनाको डोल्पामा मृत्यु भएको छ। डोल्पाको ठुलीभेरी नगरपालिका–३ दुनै स्थित पल्लिदारका रुपमा मजदूरी गर्दै आएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -६ का ५० वर्षीय रुपु जैसीको मृत्यु भएकाे हो।
Advertisement
बिहीबार आज दिउँसो सदरमुकाम दुनैमा रहेको सन्ताेषी काष्ठ उद्योगबाट नापी कार्यालयको दराज बोकेर सडकमा हिडिरहेका जैसीको एक्कासी बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।