नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।
Advertisement
पटकपटक बस्दै नबसी स्थगित भएर आजका लागि सरेकाे कांग्रेस केन्द्रीय कार्य समितिको बैठक फेरि भाेलिका लागि सरेकाे हाे।
अब शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरि आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
यही मंसिर १ गते बस्ने भनिएको बैठक बस्दै नबसी पटकपटक सर्दै आएको छ।