पछिल्लो समय प्रहरीमा जागिर छोड्नेहरु बढे सँगै नेपाल प्रहरी प्रधान कार्यालयमा गैर हाजिर रहेका २७ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
Advertisement
कार्यालयले एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
गैर हाजिर भएकाहरूमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।