नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सभापति शेरबहादुर देउवाकै हस्ताक्षरबाट आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव लड्न नसकिने बताएका छन् ।
Advertisement
महामन्त्री थापाले अब विधानबमोजिम समयमै विशेष महाधिवेशन हुने र नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने बताएका हुन् । कांग्रेसले अबको चुनाव नयाँ नीति र नेतृत्वसहित लड्ने उनको भनाइ छ ।