निर्वाचन आयोगमा हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् । आज (आइतबार) आयोगले पत्रकार सम्मेलन गरी दल दर्तासम्बन्धी जानकारी दिएको हो । आयोगका अनुसार अझै २८ वटा दलहरु दर्ता प्रक्रियामा रहेका छन् ।
Advertisement
दर्ता प्रक्रियामा रहेका दलको हकमा काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया भइरहेको बताइएको छ । यो अवधिमा सात वटा राजनीतिक दल खारेज भएको पनि जानकारी गराइएको छ ।