नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन् । प्रचण्डले सम्भवतः १० वटा कम्युनिस्ट घटकहरू एकै पटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए ।
Advertisement
बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ । ‘प्रचण्ड’ले भनेका छन् । नेताहरूबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ,’
उनले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अविस्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको दाबी गरे ।