आठबिसकोट। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ माथिल्लो हम्पामा बिधुत जडानका लागी बिजुलीका पोलहरु ढुवानी गर्न सुरु गरिएको छ। वडाको सबैभन्दा माथिल्लो र विकट मानिने हम्पामा अहिले सम्म बिधुत पुगेको थिएन।
वडा कार्यालय र विधुत प्राधिकरण सँगको सहकार्यमा अहिले पोलहरु ढुवानी गर्ने कार्य भैरहेको वडा अध्यक्ष टेक बहादुर थापाले जानकारी दिए। थापाले भने लामो समयको पहल पछि पहिलो चरणमा हामीले बिधुतका लागि पोलहरु दुवानी गरेका छौँ। स्थानीयवासीले श्रमदान गरी म स्वयम् आफै खटिएर बत्ति बाल्नको लागि प्रयास गरिरहेका छौँ।
यस अघि वडाको भल्मा, सोता ,पारापानी, गरेना डारी धारा चौर नाउला घरेली गाउबारी कुरि चुनचुने टोलमा विधुतियकरण भैसकेको र पाखाभल्मा कुरिधारा र लटा हम्पामा बाँकी रहेकाले अहिले बिधुतको पोल गाडेर यसै वर्ष भित्र बत्ति बाल्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए। गाउँमा बिजुली बाल्नको लागी स्थानीय आफैले श्रमदान मार्फत बिजुलीका पोलहरु ढुवानी गरिरहेको बताइएको छ।