• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

आज बढ्यो सुनको मूल्य

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ५. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ६. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ७. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • १०. तपाईँको पालिका र प्रदेशमा कति पर्‍यो बजेट ?

धान थन्क्याउन नपाउँदा किसान चिन्तित,निरन्तर वर्षाका कारण धान खेतमै कुहिने डर


  •   बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित
  • Advertisement

    भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो ।

    महोत्तरीसहितका मधेशका जिल्लामा मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएर किसानको चिन्ता बढेको हो । खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् ।

    “धान खेतमा पाकेर पहेंँलपुर छ, चाडवाड सकेर काटौंँला, थन्क्याउँला भनियो, पानी पो पर्न थाल्यो”, भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम बाँतर भन्छन्, “पानी पर्दापर्दै काट्न पनि भएन, धान झरेर नोक्सान हुनेभयो ।” हिउँदे धान काटेर केही दिन निहिनमा सुकाउनुपर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउँछन् ।

    महोत्तरीसहितका मधेशका उत्तरी क्षेत्रमा चाँडै पाक्ने ९कात्तिक पहिलो साताभित्र० धान लगाइन्छ । उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ । यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइने यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ । यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो ।

    महोत्तरीका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेंँलपुर छ । अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो । उत्तरी क्षेत्रमा धान पाकेर पहेंँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिँदा परेको पानीले त्यति बिगारी नहालेको सो भेगका किसान बताउँछन् ।

    “अहिले पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ, त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला”, रामगोपालपुर–२ महानपुरका किसान कादिर हुसैन भन्छन्, “चोटिलो पानी प¥योभने बोटबाटै धान झर्ने डर छ ।”

    जिल्लाको उत्तरी क्षेत्रका गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकैबीच पानी परेको छ । अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ । अब धान काट्ने काम दुई÷चार दिनपछि धकेलिएको किसान बताउँछन् । हिउँदे धान काटेर दुई÷तीन दिन निहिनमा सुकाउनुपर्ने हुँदा मौसम सफा हुन पर्खनैपर्ने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउँछन् । अब धान काट्न हुने ढिलोले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन् । यसैगरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन् ।

    अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि नदिने किसानको चिन्ता छ । “पानी पर्दैछ, पालोमा टिपेर बजार पु¥याउन पर्ने भण्टा, रामतोरिया, घिरौंँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र कीराको आक्रमण पनि बढ्छ”, तरकारीखेतीका किसान बर्दिबास–९ पशुपतिनगरका रामविनोद महतो भन्छन्, “यो पानी तुक (समय) को भएन ।”

    खेतीपाती प्रतिकूलताकाबीच गर्नुपरेको आम किसानको गुनासो छ । कहिले खडेरी, कहिले बेमौसमको वर्षा यी सबै अप्ठ्याराबीच खेतीपाती चलाउनुपरेको किसान बताउँछन् । एउटा कामको समय घर्किदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ । अहिले जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रदा चिन्ता थपेको किसान बताउँछन् ।

    यसैबीच मधेश प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेशका सबै जिल्लामा पर्ने भनेर सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ । बुधबार मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जीतेन्द्र सोनलले अहिले सावधानी अप्नाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहउञ्जेल धान नकाट्न अपिल गरेका छन् ।

    “प्रदेश सरकार यसबाट पर्नसक्ने विपद्बारे सचेततापूर्वक तयारीमा लागेको छ, यो अवस्थालाई हल्का नलिनुहोला”, मुख्यमन्त्रीले अपिल गर्दै भनेका छन् । यो मौसम अझै दुई दिन रहनसक्ने जनाउँदै प्रदेश सरकारले नदीहरुमा बहाव बढ्नसक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अप्नाउन अपिल गरेको छ । रासस

    • धान किसान
    • वर्षा
    बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा
    आज बढ्यो सुनको मूल्य
    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ५.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ६.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    भर्खरै

    • १.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • २.
      आज बढ्यो सुनको मूल्य

    • ३.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • ४.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ५.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ६.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.