• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

आज यी स्थानमा हुने छ हल्का देखि भारी वर्षा

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

अर्काको श्रीमान सँग प्रेम सम्बन्ध : अरुकै श्रीमान् सँग जीवन विताउन नसकिने भन्दै सुसाईड नोट लेखेर शिक्षिकाले गरिन् आत्महत्या

"शिक्षा अधिकृत पक्राउ  "

  •   बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
  • डोटीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    डोटी प्रहरीका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेम सम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    मृत फेला परेकी शिक्षिका जानकी खड्काले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट बरामद भएको छ । मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको सुसाइड नोटकै आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    उनले लेखेकी छन् ;‘अहिलेसम्म ड्याडी(मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरूँ भाइ, गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’

    बुवा, आमा र भाइलाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोटमा उनले रावलसँग फोनमा कुराकानी गर्नु गल्ती भएको, आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन् ।

    ‘मेरो आयु यत्ति नै रहेछ, के गरूँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा लेखिएको छ ।

    डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    डोटी प्रहरीका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेम सम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    मृत फेला परेकी शिक्षिका जानकी खड्काले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट बरामद भएको छ । मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको सुसाइड नोटकै आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    सुसाइड नोटमा खड्काले गणेश रावल स्वयंले सामाजिक सञ्जालबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाए पनि देख भेट नभएको उल्लेख गरिएको छ ।

    ‘अहिलेसम्म ड्याडी(मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरूँ भाइ, गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’

    बुवा, आमा र भाइलाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोटमा उनले रावलसँग फोनमा कुराकानी गर्नु गल्ती भएको, आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन् ।

    ‘मेरो आयु यत्ति नै रहेछ, के गरूँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा लेखिएको छ ।

    • पक्राउ
    • मृत्यु
    • शिक्षाका
    बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
    आज यी ठाउँमा भारी वर्षा हुने
    प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • २.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ३.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ४.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ५.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ७.
      आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    • ८.
      बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.