आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र बाँफीकोट नगरपालिकाको सिमाना स्थित झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम मुसिकोट बाट आठबिसकोट तर्फ आउँदै गरेको रा १ ज ४२२ नम्वरको जीप दुर्घटना भएको हो ।स्
यालाखदी का ७ जनाको घटनास्थलमै मृत्यु भएपछी सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
दुर्घटनामा परी एउटै गाउँका ३ जना सहित ७ जनाले ज्यान गुमाएका छन्। वडा नम्वर १ का १६ वर्षका टेक जङ्ग बुढा, सोही वडाकी १५ वर्षिया दिलमाया बुढा र १८ वर्षकी सर्मिला विकको मृत्यु भएको हो । त्यस्तै अर्को गाउँ वडा नम्वर २ मा पनी ३ जनाको मृत्यु भएको छ ।
वडा नम्वर -२ स्याला की ३० वर्षिया कमला वली, सोही गाउँकी १७ वर्षिया मनिका वली र २२ वर्षको गोपाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार मृतक थप एक जना महिलाको परिचय खुलेको छैन्। दुर्घटनामा परेर १० जना घाइते भएका छन्।