• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

तिहारमा पैँतालिस लाख माला खपत हुने


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ, असोज २७ गते । यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान गरिएको छ ।

    Advertisement

    तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने गर्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । यस्तै गोदावरी फूलको समेत खपत उल्लेख्य परिमाणमा हुने गर्छ ।

    फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिनुभयो । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उहाँले जानकारी दिनुभयो । तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ ।

    मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उहाँले जानकारी दिनुभयो ।

    युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ । यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको छ । यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपियाँसम्म रहेको छ ।

    फ्यानका अनुसार मुलुकमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको छ । पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर हुँदा गत वर्षदेखि सरकारले तिहारमा माला आयातमा प्रतिबन्ध लगाएको छ ।

    पछिल्लो समय सातै प्रदेशका मुख्य सहरमा पुष्प व्यवसाय विस्तार हुँदै गएको छ । मुलुकभर २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । पुष्प व्यवसायी मीनबहादुर तामाङले पुष्प व्यवसायबाट राम्रो आम्दानी हुँदा व्यावसायिक रूपमा पुष्प खेती विस्तार हुँदै गएको जानकारी दिनुभयो । फ्यानका अनुसार ५२ जिल्लामा भएको पुष्प खेती भइरहेको र पुष्प क्षेत्रमा आठ अर्ब ८३ करोड रुपियाँभन्दा बढी लगानी रहेको उहाँले जानकारी दिनुभयो । पुष्प व्यवसायमा ५३ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई करोड १३ लाख ६० हजार रुपियाँको पुष्पजन्य वस्तुको निर्यात भएकोमा १२ करोड ७० लाख ८९ हजार रुपियाँको आयात भएको छ ।

    नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, बिउबिजन, ताजा कट फूल, बल्ब, ट्युबर, ट्युबर रुट्स रहेका छन् । भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, युएई, ताइबान, इजरायलबाट नेपालमा पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।

    प्रतियोगितात्मक प्रदर्शनी हुने

    यसैबिच आगामी बुधबारदेखि अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

    पुष्प व्यवसायको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित फ्यानको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी हुन लागेको हो । मेलामा ९० वटा स्टल राखिने छ । गोदावरी फूलको विविध प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम रहेको छ । प्रदर्शनीमा गोदावरी फूलको प्रजातिका फूल बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल बिरुवा राखिने छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका साथै सजावटका बोटबिरुवासमेत प्रदर्शनीमा बिक्रीवितरण हुने गर्छ ।

    प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । फ्यानले प्रत्येक वर्ष तिहारका बेला मेला आयोजना गर्ने गरेको छ । मेला आगामी कात्तिक २ सम्म चल्ने छ । यो खबर आजको गोरखापत्र दैनिकमा ।

    • तिहार
    • मखमली माला
    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.