रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका बाट दाङ तर्फ जाँदै गरेको हाइस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा गाडी दुर्घटना भएको छ ।
Advertisement
दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२नम्वरको हाइस गाडी गएराती दुर्घटना भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक र घाईतेहरुको पहिचान खुलेको छै न ।
गाडी सडकबाट करिब चार सय मिटर तल खोलामा खसेको छ ।