• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

भारतको लद्दाखमा हिंसात्मक झडपपछि कडा सुरक्षा प्रतिबन्ध


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • श्रीनगर (भारत), ९ असोज। भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् ।

    Advertisement

    अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् ।

    उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा समेत आगजनी गरेका थिए ।

    सन् २०१९ मा भारतले लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यस क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका छन् । प्रदर्शन हालै भोक हडतालमा सहभागी दुई जनाको स्वास्थ्य बिग्रिएपछि सुरु भएको हो ।

    भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको बताउँदै शीर्ष जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

    यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ, जसले स्थानीय बासिन्दाको निराशालाई उजागर गरेको छ । सुरुमा सन् २०१९ को परिवर्तनलाई समर्थन गरेका उनीहरू अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट भएका छन् ।

    लद्दाख प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि परिणाम प्राप्त भएको छैन । अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ ।

    यस क्षेत्र जलवायु परिवर्तनबाट पनि गम्भीर रूपमा प्रभावित छ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएर लाखौँ मानिसको पानी आपूर्ति सङ्कटमा पारेको छ । चीनसँगको सीमा विवाद र सन् २०२० यताका सैन्य गतिविधिले प्रदूषण बढाई पग्लनलाई अझ गति दिएको छ । रासस

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.