वेस्ट इन्डिजसँग अर्को साता हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यूएईले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत पहल थालेको छ।
यसअघि यूएईले आवेदन दिएको दोस्रो दिनमा भिसा दिने गरे पनि यसपटक एकसातासम्म पनि खेलाडीहरूको भिसा जारी गरेको छैन।
२४ तारिखभित्रमा यूएई पुगिसक्ने क्यानको तयारी रहे पनि पछिल्लो परिस्थितिका कारण नेपालीहरूला भिसामा रोक लगाएको छ।
जसको मारमा क्रिकेट टोली पनि परेको छ। जेनजी आन्दोलन पछि युएईले नेपाली लाई भिजिट र कामदार भिसा बन्द गरेको छ ।