प्रशासनले कडाई गर्न थालेपछी गोदामबाट लुटिएको चामल र चीनी लुटेराहरुले फिर्ता गर्न थालेका छन्। आन्दोलनका क्रममा चोरेर घरमा ल्याएका मालसामन फिर्ता गर्न प्रशासनले कडाई गर्दै आएको छ ।
Advertisement
सोही क्रममा लहान नगरपालिका-१ स्थित खाद्य व्यवस्था कम्पनीको गोदामबाट जेनजी आन्दोलनका क्रममा लु’टिएको चामल र चिनी प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ।
इलाका प्रशासन कार्यालयले सिसिटिभी र फोटो-भिडियोका आधारमा कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय युवाको सक्रियतामा आइतबारदेखि सामान फिर्ता हुन थालेको हो।