• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ४. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • १०. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ ।

    Advertisement

    जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट मंगलबार संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना जलाइएका थिए । यस्तो काममा जेन–जी (१३–२८ वर्ष) भन्दा पनि अधिकांश पाका उमेरका व्यक्ति रहेको पाइएको छ ।

    त्यस्ता व्यक्तिले मुख छोपेर तोडफोड र आगजनी गरेको फोटो र भिडियोमा देखिएको छ । मंगलबार निजी सम्पत्तिमा समेत आगजनी र तोडफोड गरिएको थियो । धेरैतिर लुटपाटसमेत मच्चाइएको थियो । यस्ता अराजक कार्य गर्न उद्यत युवामध्ये कतिपय त खुँडाखुकुरीसहित उत्रिएका थिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटुवालले जलिरहेको सिंहदरबारभित्र आफूहरू सफल भएको भन्दै खुसी व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ । तर सिंहदरबार जलाउन आफू संलग्न नरहेको तर जेन–जीको आन्दोलन सफल भएकामा मात्रै खुसी व्यक्त गरेको कटुवालले दाबी गरेका छन् ।

    आगजनी र तोडफोडमा मेरो संलग्नता छैन । मैले एक ढुंगा मात्रै हान्न लगाएको र हानेको कसैले प्रमाणित गर्छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु,’ सार्वजनिक रूपमा आलोचना बढेपछि उनले स्पष्टीकरण दिएका छन्, ‘जेन–जीहरूको आन्दोलन सफल भयो भनेर म चिच्याइरहेको थिएँ ।’

    आगो लाग्दै गर्दा माओवादीनिकट युवा नेता विष्णु ढुंगेल सर्वोच्च अदालत परिसरमा देखिएका छन् । उनी नेपाल ल क्याम्पसका अखिल क्रान्तिकारीबाट निर्वाचित पूर्वस्ववियु सभापति हुन् । सर्वोच्चमा आगो लाग्दै गर्दा उनी आक्रामक देखिन्छन् । अदालत परिसरमै एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘सर्वोच्च अदालतका भ्रष्टाचारीहरूलाई छोड्नु हुँदैन, सर्वोच्च अदालतमा यसपछि अब हाम्रो एट्याक !’

    ढुंगेलले यस्तो अभिव्यक्ति दिएको केही समयभित्रै तोडफोड सुरु भएको थियो । लगत्तै भवनमा आगो सल्कियो । प्रदर्शनकारीलाई आगो लगाउन उक्साएको र आफू पनि त्यसमा प्रत्यक्ष संलग्न रहेको त्यस भिडियोले देखाउँछ ।
    भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ढुंगेलको सर्वत्र आलोचना भइरहेको छ । भिडियो पोस्ट गर्दै धेरैले ‘ल क्याम्पसको स्ववियु सभापति भइसकेको व्यक्तिको हर्कत’ भन्दै गाली गरेका छन् । ढुंगेलले सामाजिक सञ्जालमा स्पष्टीकरण दिन खोजेका छन्, ‘आन्दोलनको भावलाई गलत तरिकाले व्याख्या र दिग्भ्रमित गर्न भिडियोको टुक्रा बनाई ल्याइएको हो, यसमा सत्यता छैन ।’

    माओवादीनिकट संगीतकार चेतन सापकोटा मंगलबार सिंहदरबार जल्दै गर्दा त्यहीँ देखिएका थिए । सिंहदरबारभित्र आक्रामक शैलीमा औंला ठड्याएर कसैलाई गाली गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा जताततै भेट्न सकिन्छ । फोटोमा उनले एक साइडमा नेपालको झन्डा बोकिरहेको देखिन्छ । सिंहदरबारमा आगो लगाउन उक्साएको आरोप उनीमाथि लागिरहेको छ । तर उनले सिंहदरबारमा आगो लगाउने कल्पनासम्म आफूले गर्न नसक्ने भनी विभिन्न सञ्चारमाध्यमलाई स्पष्टोक्ति दिएका छन् । त्यति बेला सरसामान चोरी गर्नेलाई रोकेको उनको भनाइ छ ।

    टिकटकमा ४ लाख ६६ हजार फलोअर्स रहेका मनोज केसीले जलिरहेको संसद् भवन अघिल्तिर नेपालको झन्डा ओढेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गाड्नुपर्छ’ भन्दै गाली गरिरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन् । आगलागी भइसकेपछि आफैंले बनाएको भिडियोमा उनले भनिरहेका छन्, ‘यो जित कसको ? जनताको?

    लोकदोहोरी गायिका सुस्मिता क्षेत्री राष्ट्रपति कार्यालयमा आगलागी हुँदा त्यहीँ थिइन् । ‘फाइनल्ली राष्ट्रपति भवन गयो’ भन्दै चिच्याउँदै खुसी व्यक्त गरेको भिडियो उनले आफ्नै टिकटक एकाउन्टमा पोस्ट गरेकी छन् । उनले खुसी मनाइरहँदा पछिल्तिर भवन भने ह्वारह्वारी बलिरहेको थियो ।

    सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकाल्नका लागि जान भीडलाई आग्रह गर्दै युट्युबर भाग्य न्यौपानेले भिडियो पोस्ट गरेका थिए, जुन भिडियो अहिले टिकटकमा भाइरल छ । ‘कामै नलाग्ने गृहमन्त्रीले राजीनामा दिएपछि अब यो देशका लागि चाहिने गृह मन्त्रीलाई जेलबाट झिकेर यो देशको सत्ता उहाँको हातमा लगाउनुपर्‍यो,’ उनले भिडियोमा भनेका छन्, ‘बालेन दाइ जो–जो हुनुहुन्छ । युवाहरू सडकमा अझै छन् । रवि दाइ जेलभित्र होइन, अब खाली भएको गृहमन्त्रीको ठाउँमा बस्नुपर्छ ।’

    न्यौपानेले भिडियोमार्फत नख्खु कारागार जान उक्साएको केहीबेरमै भीडले कारागार पुगेर लामिछानेलाई बाहिर निकालेको थियो । भीडले नख्खु कारागारमा आगजानी पनि गरेको थियो । कारागारमा १ हजार २ सय ८४ जना कैदीबन्दी थिए । उनीहरू त्यो दिन भागेका थिए । कारागार प्रशासनले सूचना जारी गरेपछि लामिछाने शनिबार फर्केका छन् ।
    न्यौपानेले त्यो दिन अन्य भिडियो पनि बनाएका थिए । त्यसमध्ये एउटामा हिल्टन होटल जलेकामा प्रफुल्लित हुँदै उनले ‘शेरबहादुर देउवा र आरजु राणाको छोराको होटल’ भनेका छन् । ‘झापामा मेयरको घरमा ८० किलो सुन भेटिएको’ भनेको अर्को भिडियो पनि सामाजिक सञ्जालमा भेटिएको छ । यस्तै झापाको भ्युटावर देखाउँदै उनले ‘अब केही समयपछि लगभग ध्वस्त हुन्छ’ भनेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला कमिटीका सहसचिव कृष्णबहादुर तामाङ कान्तिपुर टीभीमा आगजानी गर्ने कार्यमा संलग्न रहेको भिडियो सार्वजनिक भएको छ । कान्तिपुर टीभीमा आगो लगाएपछि भित्रबाट दौडिँदै कान्तिपुर टीभीको पर्खालमा आएर बसेपछि खुसी हुँदै बोलेका छन्, ‘यसको आज स्वाहा भयो ।’

    थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पहरा दिइरहेका सशस्त्र प्रहरीको घेरा तोड्न एक प्रदर्शनकारीले भीडलाई उस्काउँदै पटक–पटक चिच्याएका थिए, ‘कान्तिपुरलाई सुरक्षा किन चाहियो ? किन चाहियो ?’

nत्यसपछि भीड सुरक्षा घेरा तोडेर कान्तिपुरको मुख्यालय रहेको बिजनेस पार्कभित्र छिरेर आगजनी गरेको थियो । बिजनेस पार्कभित्र दर्जनौं कम्पनीका कार्यालय छन् ।
    भाटभटेनी सुपरमार्केटका साथै दर्जनौं निजी निवास जलाउन भीडलाई उकासेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।

    सार्वजनिक, निजी र व्यावसायिक कम्पनीका संरचना तोडफोड, आगजनी र लुटपाटमा संलग्नको अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ ।

    प्रहरीले सार्वजनिक अपिल गर्दै भनेको छ, ‘२३ र २४ भदौमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंक पठाई सहयोग गर्न हुन अनुरोध गर्छौं ।’ यो खबर आजको कान्तिपुर मा छ ।

    • जेंजी आन्दोलन
    • लुटपाट
    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?
    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ४.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • २.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ३.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ४.
      आज पनि घट्यो सुनको मुल्य

    • ५.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ६.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.