• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

देशभरको जनजिवन सामान्य बन्दै

"जीन जे आन्दोलन पछि लयमा फर्कदै मुलुक "

  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • जेनजी) को नेतृत्वमा काठमाडौँलगायत देशभर भएको प्रदर्शन हिंसात्मक भई अकल्पनीय जनधनको क्षतिसँगै लगभग नियन्त्रणबाहिर पुगेको सुरक्षा अवस्था बिस्तारै लयमा फर्किन थालेको छ । मुलुकको विषम परिस्थितिलाई दृष्टिगत गर्दै थप जनधनको क्षति हुन नदिन नेपाली सेनाले मङ्गलबार रातिदेखि सुरक्षाको ‘कमान्ड’ सम्हालेसँगै थप हिंसात्मक गतिविधि रोकिएका छन् ।

    Advertisement

    आपराधिक गतिविधि नियन्त्रण गर्न सेना परिचालन भएपछि आगजनी, तोडफोड, लुटपाट र उच्छृङ्खल गतिविधि रोकिएको छ । यससँगै जनजीवन पुनः सामान्य बन्दै मुलुक फेरि शून्यबाट सम्हालिने प्रयासमा जुटेको छ । हिंसात्मक प्रदर्शनका क्रममा आगजनी र तोडफोडले ध्वस्त भएका मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका ऐतिहासिक भवनमा लगाइएको आगो नियन्त्रणमा लिई सामान्य सरसफाइपछि ती कार्यालयको सेवा पुनः सञ्चालनको प्रयास भइरहेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाई जनजीवन सामान्य बनाउनेतर्फ प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो दायित्व शान्ति सुरक्षा कायम गरी जनजीवन सामान्य बनाउनु रहेकाले सोही अनुसार सुरक्षा तैनाथी बढाइएको छ ।” काठमाडौँ महानगरपालिकालगायतका स्वयम्सेवी संस्थाहरू आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका ऐतिहासिक संरचना र मुख्य सडक सफा गरी आवतजावत सहज बनाउने प्रयासमा जुट्न थालेका छन् । महानगरले ट्याङ्करमार्फत सडकमा रहेको खरानी पखाल्नुका साथै फोहोर सफा गर्न थालेको छ । महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सडकमा रहेका फोहोर र खरानी लगभग सफा गरी सामान्य अवस्थामा फर्काइएको र अन्य भौतिक संरचना सफाइ पनि क्रमशः हुने बताउनुभयो ।

    सुरक्षा अवस्था बिस्तारै सामान्य बन्न थालेपछि महत्वपूर्ण संरचना सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी र कर्मचारी भग्नावशेष सफाइमा जुट्न थालेका छन् । उपत्यकाका अधिकांश सरकारी तथा ठुला व्यापारिक भवन आगजनी र तोडफोडबाट ध्वस्त भए पनि आसपासका निजी सम्पत्तिमा थप क्षति हुन नदिन नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कामपाको वातावरण विभाग र जुद्ध वारुणयन्त्रको टोली जुटेको छ । मुलुककै राजधानीको सुरक्षा हेर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश प्रहरी युनिट र सवारीसाधन जलेर खरानी भएका छन् । प्रदर्शनकारीले पु¥याएको अकल्पनीय क्षतिका कारण कति प्रहरी मारिए र कति हतियार लुटियो भन्नेबारे अझै यकिन भइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यद्यपि ध्वस्त भएका प्रहरी युनिटलाई पुनः नियमित सञ्चालनमा ल्याई नागरिकको सुरक्षार्थ जुट्न प्रहरीले कार्यालय सफाइ र सञ्चालन प्रयास गरिरहेको छ ।

    सुरक्षा व्यवस्था लयमा फर्काइँदै

    प्रदर्शनकारीले प्रहरीका हतियार लुटपाट गरी सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गरेपछि उत्पन्न विषम परिस्थिति नियन्त्रणमा लिन मङ्गलबार रातिदेखि सेना परिचालन भएको थियो । सेनाले बैङ्क तथा वित्तीय संस्थामा लुटपाट गर्ने समूहलाई नियन्त्रणमा लिई झन्डै नियन्त्रणबाहिर पुगेको सुरक्षा अवस्थालाई पुनः लयमा फर्काउँदै छ ।

    सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार काठमाडौँ तथा मुलुकको सम्भावित सुरक्षा चुनौती विश्लेषण गरी देशभर सुरक्षा सतर्कता बढाइएको छ । सोही अनुसार सेनाले सुरक्षा तैनाथी र गस्ती बढाउँदै लगेको छ । प्रहरीबाट कति हतियार लुटिए भन्ने यकिन हुन नसके पनि ती हतियार दुरुपयोग भए अवस्था जटिल हुने भएकाले ती नियन्त्रणमा लिन सेनाले सूक्ष्म अपरेसन सुरु गरेको छ । यसै क्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट लुटिएका नगद, जिन्सी र हतियार सेनाले नियन्त्रणमा लिइसकेको जनाएको छ । लुटिएका हतियार नियन्त्रणमा लिन सेनाले देशभरका मुख्य नाका सूक्ष्म निगरानी गरिरहेको छ । काठमाडौँको महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट गर्ने अन्य क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न कैयौँ व्यक्तिबाट सेनाले लाखौँ रुपियाँ र झन्डै ५० थान हतियार बरामद गरिसकेको जनाएको छ ।

    हतियार बुझाउन आग्रह

    आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीबाट लुटिएको वा फेलापारेका हतियार गोलीगठ्ठा वा सुरक्षा सामग्री नजिकको सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन पनि सेनाले आग्रह गरेको छ ।

    त्यस्ता हतियार दुरुपयोग भई थप ठुलो जनधनको क्षति हुन सक्ने भन्दै सेनाले ती हतियारको सूचना दिन पनि सबैमा आग्रह गरेको छ । हतियार नबुझाइएको फेला पार्नसाथ त्यस्ता व्यक्ति वा समूहलाई कानुनबमोजिम कडा कारबाही गर्नेसमेत सेनाले जनाएको छ । साथै सेनाले यो संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाक अनधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

    अराजक गतिविधि नगर्न चेतावनी

    यसै बिच सेनाले आन्दोलनका नाममा अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने जनाएको छ । साथै सेनाले राष्ट्रिय एकता, समाजिक सद्भाव कायम गरी जनजीवन सामान्य बनाइराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिन पनि सबैमा आग्रह गरेको छ । गोरखापत्र बाट

    • जेन जी आन्दोलन
    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.