नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जेन–जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै निन्दा गरेका छन् ।
Advertisement
आज सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै उपमहासचिव शर्माले सो चेतावनी दिएका हुन् ।
‘आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ,’ शर्माले लेखेका छन्, ‘सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन ।