• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

आज बढ्यो सुनको मूल्य

जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

“यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ३. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ४. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ५. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ६. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

  • ९. आज यी ठाउँमा भारी वर्षा हुने

  • १०. “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

विद्यालयमा गोली चल्यो १७ जना भन्दा बढी घाइते


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाको एक क्याथोलिक विद्यालयमा बुधबार भएको गोलीकान्डमा कम्तीमा दुई बालबालिकाको ज्यान गएको छ । यो घटना मिनेसोटाको मिनियापोलिसको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा भएको हो । घटनामा १७ जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

    Advertisement

    स्थानीय अधिकारीहरूले आक्रमणकारीलाई पनि मारिएको बताएका छन् । गोली प्रहारको घटना एनुनसिएसन क्याथोलिक चर्चमा भएको थियो, जुन विद्यालयसँग जोडिएको छ । पुलिसले बन्दुकधारी २३ वर्षीय रोबिन वेस्टम्यानको रूपमा पहिचान गरेको छ, जसको कुनै पूवअपराधिक इतिहास थिएन ।

    गोलीकान्डमा मृत्यु हुने बालबालिका आठ र दश वर्षका दुई बालबालिका भएको बताइएको छ । जसमा उनीहरू विद्यालय फर्किएको तेस्रो दिन मात्र भएको बताइएको छ ।

    “हाम्रा टोलीहरू संकटको समयमा प्रतिक्रिया दिन प्रशिक्षित छन् र प्रभावित बालबालिकाहरूको हेरचाहका लागि पूर्ण रूपमा तयार छन् । हाल, ६ बालबालिकालाई हेरचाहका लागि हाम्रो अस्पतालमा भर्ना गरिएको छ,” स्थानीय अस्पतालले गोलीकान्डबारे जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा बिरामी र उनीहरूका परिवारको गोपनीयताको सम्मान गर्दै थप जानकारी दिन असमर्थ छौँ ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उक्त गोलीकान्डबारे लेख्दै आफूलाई घटनाको पूर्ण जानकारी दिइएको बताएका छन् ।

    उनले एफबीआईका अधिकारीहरूले तुरुन्तै कारबाही गरेको र उनीहरू घटनास्थलमा उपस्थित रहेको उल्लेख गरेका छन् ।

    मिनियापोलिसका मेयर जेकब फ्रेले भने, “यो अकल्पनीय कार्यलाई शब्दमा वर्णन गर्न सकिँदैन । यिनीहरूलाई अरू कसैका बच्चा नभई आफ्नै बच्चाका रूपमा सम्झनुहोस् । धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन् ।”

    मिनियापोलिसमा २४ घण्टाभित्र चौथो गोलीकाण्ड
    मिनियापोलिसमा २४ घण्टाभन्दा कम समयमा यो चौथो गोलीकान्ड हो । मंगलबार दिउँसोदेखि मिनियापोलिसमा तीन अन्य छुट्टाछुट्टै गोलीकाण्ड भएका छन् ।

    मंगलबार दिउँसो करिब १ : ३० बजे सहरको फिलिप्स क्षेत्रमा भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए ।

    मिनियापोलिसका प्रहरी प्रमुख ब्रायन ओहाराले स्थानीय सञ्चारमाध्यमलाई यो हिंसाको घटना बताएका थिए ।

    मंगलबार दिउँसोसम्म यो घटनामा कसैलाई पनि पक्राउ गरिएको थिएन । त्यसपछि मंगलबार राति करिब ८ बजे सहरमा दोस्रो गोलीकान्ड भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको थियो । अर्का एकजना घाइते भएका थिए ।

    प्रहरीका अनुसार, बुधबार बिहान करिब २ बजे तेस्रो गोलीकान्ड भएको थियो, जसमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो । हालसम्म यी गोलीकान्डहरूबीच कुनै सम्बन्ध रहेको संकेत देखिएको छैन । बीबीसी

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना
    जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
    प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…
    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु
    भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ५.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • ६.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    भर्खरै

    • १.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • २.
      आज बढ्यो सुनको मूल्य

    • ३.
      जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

    • ४.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • ५.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • ६.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • ७.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ८.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.