• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ३. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ४. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ५. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ६. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ७. इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

  • ८. चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

  • ९. रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

  • १०. इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

दुर्गम गाउँमा करोडौंको लगानी: स्याउ खेतीमा हराभरा भविष्य र हुर्किंदै गरेको भरोसा

"स्याउका बोटमा समृद्धिको सपना  "

  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । “जहाँ सडक छैन, त्यहाँ सपनाको बाटो बनाइएको छ।” यो भनाइ आजकल एक दुर्गम गाउँमा सार्थक बनेको छ। हजारौं फिटको उचाइ, विकट भूगोल र आधारभूत पूर्वाधारको अभावबीच पनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१ बारिङ्गे गाउँमा करोडौंको लगानीमा सुरु भएको स्याउ खेतीले स्थानीय बासिन्दाको जीवनशैली मात्र होइन, सोचाइ नै परिवर्तन गरिदिएको छ। बारिङ्गे गाउँ रुकुम पश्चिममा पर्छ । जुन जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ । वर्षमा अधिकांश समय हिमपात हुने यो ठाउँमा वर्षौँसम्म परम्परागत खेती प्रणाली ( मकै, गहुँ, कोदो, आलु, फापर, जौ) मा निर्भर रहेर जीविका चलाइन्थ्यो। सडक सञ्जाल, सिंचाइ, बिजुली र आधुनिक प्रविधिबाट टाढा रहेका स्थानीयहरू वैदेशिक रोजगारतर्फ जाने बाध्यताको जीवन जिउँथे।

    Advertisement

    संघीय संरचना पछि बनेको तीनै तहको सरकार पश्चात अहिले गाउँको दैनिकी बदलिएको छ । यातायात , बिधुत र खानेपानी तथा सिचाईको पहुँच भएपछी अहिले करिब ३ हजार मिटरको उचाईमा रहेको यो गाउँमा अब कृषिमा भविष्य देख्न सुरु गरिएको छ । स्याउ खेतीको शुरुवात मार्फत समृद्ध आठबिसकोटको सपना बोकेर नगरपालिका र जनप्रतिनिधि स्याउ खेतीमा लागि परेका छन्। कृषिलाई प्राथमिकता राखेर व्यवसायिक स्याउ खेतीको यात्रा आठबिसकोटले सुरु गरेको छ । ‘गाउँमा बसेर केही गर्ने’। सोच राखेका युवाहरुलाई प्रभु बैंकको आर्थिक लगानीमा हिमालको काखमा रहेको भूभागको चिसो मौसमलाई उपयोग गर्ने सोच बनाए र स्याउ खेतीतर्फ मोडिएका छन्।

    गत वर्ष आठबिसकोट नगरपालिकाले यस क्षेत्रमा स्याउ खेतीको सम्भाव्यता अध्ययनको लागि भारतको सिमला र मनाङ जिल्लामा भ्रमण गरेको थियो । नगरपालिकाको सहकार्यमा प्रभु बैंकले स्याउ खेतीका लागि लगानी गर्न तयार भएपछी गत साउन महिनादेखि स्याउका बिरुवा लगाईएको छ । बारिङ्गे एग्रो फार्म अन्तर्गत शुरुमा ४ हजार बिरुवा लगाइएको वडा नम्वर १ का वडाअध्यक्ष देब बहादुर घर्तीले जानकारी दिए । अध्यक्ष घर्तीका अनुसार करिब ३० रोपनी जमिन भाडामा लिएर चार हजार बिरुवा लगाईएको छ । शुरुमा नै हामीले ३० रोपनी जग्गामा स्याउको बिरुवा रोपेका छौँ । घर्तीका अनुसार स्याउका प्रजातिहरू रेड डिलिसियस, जोना प्रीन्स, गोल्डेन र गाला इटली बाट ल्याइएको हो । आधुनिक प्रविधि , सिचाई, गरा सुधार , मल्चिङ सिस्टम र घेराबार सहितको योजनामा करिब १ करोड ५० लाख रुपैयाँको लगानी हुने बताईएको छ ।

    प्रभु बैंकको आर्थिक सहयोगमा मनाङ एग्रो फार्म मार्फत ढुवानी सहित १ करोड रुपैयाँमा स्याउका बिरुवा खरिद गरिएको हो ।
    लगानीको स्रोत सुनिश्चित गरेर स्याउ खेतीका लागि बैंकले ऋण प्रवाह गरेको प्रभु बैंक आठबिसकोटका प्रवन्धक बिष्णु ज्ञवालीले जानकारी दिए । उनका अनुसार बिरुवा खरिद र ढुवानीमा बैंकले लगानी गरेको हो । नगरपालिकाको प्रस्ताव पछि बैंकले स्याउ खेतीको लागि अध्ययन गरेर लगानी गरिएको उनको भनाई छ । दुर्गम ठाउँको ३ हजार मिटर उचाईमा स्याउ प्रवर्द्धन गर्ने उदेश्यले सहुलियतपूर्ण ऋण योजना अन्तर्गत बैंकले लगानी गरेको बताइएको छ ।

    स्थानीय अगुवा देब बहादुर घर्ती, मनिकर्ण बुढा सहित ८ जनाको नेतृत्वमा स्थापना भएको बारिङगे एग्रो फार्म मार्फत उन्नत प्रविधिको प्रयोग गरी स्याउखेतीको यो अभियान थालिएको हो । फार्मले आगामी दुई वर्षभित्रै उत्पादन दिन थाल्ने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमै अन्य सयौं किसानहरू पनि यो अभियानमा आवद्ध हुने तयारीमा रहेको जनाइएको छ। फार्मका अध्यक्ष मणिकर्ण बुढा भन्छन, बिरुवा लगाएको एक महिनामै फुलेको र अहिले झार , किरा व्यवस्थापनका लागि मल्टिङ प्लास्टिङ को काम भैरहेको बताए।, उक्त स्याउले दुई वर्ष भित्रै उत्पादन दिने जनाईएको छ ।

    भौगोलिक रुपमा “दुर्गम भेगमा आधुनिक स्याउ खेतीको सम्भावना ले हामीलाई थप उर्जा थपेको छ ।नगर प्रमुख रवि केसी भन्छन, जलवायु अनुकूलता, उन्नत जातको प्रयोग र स्थानीय कृषकहरूको मेहनतले गर्दा अहिले हामी एकैपटक ४ हजार बिरुवा रोपेर उत्पादनमा आत्मनिर्भर हुने दिशातर्फ अघि बढिरहेका छौं। केसीले भने, बारिङ्गेमा स्याउ खेतीका लागी गहिरो अध्ययन गरेका थियौँ । सोही अनुसार प्रभु बैंकले साथ दिएपछी हाम्रो सपना पुरा भएको छ । यहाँ भौतिक पूर्वाधारको चुनौती त छ, तर कृषिमा लगानी गर्दा त्यसको प्रतिफल पनि उत्कृष्ट पाइन्छ। हाम्रो नगरपालिकाले स्याउ खेतीलाई प्राथमिकता दिँदै आएको छ । प्राविधिक सहयोग, बिरुवा वितरण र बजारीकरणमा सहजीकरणमार्फत किसानलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धता छ । अबको दिनमा दुर्गम क्षेत्रलाई ‘स्याउको थलो’ बनाउने दीर्घकालीन योजना रहेको प्रमुख केसीले बताए ।

    स्याउखेतीको प्रवर्द्धनमा नगरप्रमुख रवि केसीको सक्रिय सहभागिता पनि उल्लेखनीय रहेको छ। यस अभियानले आठबिसकोट नगर मात्रै होइन, सम्पूर्ण रुकुम पश्चिम जिल्लालाई आर्थिक, सामाजिक र राष्ट्रिय स्तरमा नयाँ पहिचान दिन सक्ने सम्भावना रहेको सरोकारवालाहरूको विश्वास छ।

    स्थानीय तहको नेतृत्व र निजी क्षेत्रको सहकार्यमा विकासका यस्ता प्रयासले ग्रामीण क्षेत्रको स्वरूप परिवर्तन गर्न सक्ने सम्भावना बढेको छ । जब दुर्गम गाउँमा करोडौं लगानी गरेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाउँछ, तब गाउँलेहरूका अनुहारमा चमक आउँछ। स्याउ खेतीले उनीहरूलाई नाफा मात्र होइन, पहिचान पनि दिने बिश्वास लिइएको छ ।

    • रुकुम
    • स्याउ खेती
    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित
    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ३.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ४.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    भर्खरै

    • १.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • २.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ३.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ४.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ५.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ६.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ७.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ८.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.