• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ३. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ४. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ५. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ६. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ७. इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

  • ८. चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

  • ९. रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

  • १०. इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

बुवा जीवनका मौन नायक हुन्


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • कुशे औसींको शुभकामना बुवा!

    Advertisement

    विहानै मर्निङ वाक पछि नुहाएर टेबलमा तयार भएको breakfast संगै म र मेरो  श्रीमानको गफले एकअर्कालाई उत्प्रेरणा आदान  प्रदान गरिरहेका हुन्छन। यतिकैमा म समाचार हेर्न थालिसक्छु। अनि बिषय मोडिन्छ्। आज त कुशे औँसी पो हो त ! अनि दुबैजना बाबाको योगदान सम्झिन्छौँ । मनमा गर्व र हिम्मत भरिएको महशुस हुन्छ।आज कुशे औशी!! अर्थात बुवाको मुख हेर्ने दिन ।

    मेरो भावुकता अझै बढ्छ,सम्झिन्छु । जिवनका अप्ठ्यारा पलहरुलाई पन्छाउँदै संघर्षका आलम्बमा मेरो भविष्य देख्ने मेरो बाबालाई। हामी सानै थियौं, जब बुवा बिहान सबेरै उठेर घरबाहिर निस्कनुहुन्थ्यो । हामी निद्रामा नै हुन्थ्यौं। बेलुका थकित अनुहार लिएर फर्कनुहुन्थ्यो । हामी केटाकेटी पनाका हुँदा खेलमा मग्न हुन्थ्यौं। तर ती मौन क्षणहरूमा बुवाले हाम्रो भविष्यका लागि जति दुःख सहनुभयो, । ती शब्दमा बयान गर्न कठिन छ ।

    सामाजिक कुदृष्टि चिरेर मेरो भविष्य प्रति लगाव राख्ने बुवाको जति तारिफ गरेपनी कमै हुन्छ । छोरीलाई किन पढाउछौ,विहे गरेर पठाइदेऊ, त्यसैमा तिम्रो ईज्जत छ।यिनलाई पढाएर के हुन्छ र ? ,पछि विहे गरेर गईहाल्छिन ? ,तिमिले के पाउछौ र?गाउँले मामाको यो बोली चुपचाप सुनिरहेकी थिए । मेरो छेउमै रहनुभएका मेरा बुवा पनि मौन देखिनुहुन्थ्यो । कारण सरल थियो । किनकी बाबा आमाको गाँस काटेर सम्भव हुन लागेको मेरो शिक्षालाई लिएर अपमानजनक अभिव्यक्ति थियो । जुन मेरा बुवाको मन भाट्न प्रहार गरिएको थियो । छोरीलाई पढाउनु हुन्न भन्दै सावधानी झल्काएको तर समस्यापूर्ण र पौराणिक सोचको त्यो अभिव्यक्ति सजिलै देख्न सकिन्थ्यो। 

    हुने हार दैब नटार भने जस्तै मेरो भविष्य अन्धकार बनाउन खोज्ने ती केही गाउँलेहरुको अगाडी मेरो बुवाको छोरी प्रतिको सकरात्मक सोचले म घर छोडेर उच्च शिक्षाका लागि बाहिरिए । यसै समय म त्यो क्षण सम्झन्छु । गाडी छुट्ने डर देखाउँदै मेरोआमा घर भित्रबाट झोला सँगै लिएर आउनुहुन्छ। म आमा छेउमै जान्छु र उक्त झोला बोक्छु।मन खिन्न हुँदै थियो।नदेखेको अन्जान शहरको यात्रा महंगो र हतारै हतारको शहर मानिने काठमाडौं देशको (राजधानी) को यात्रा तय भयो । घरपरिवारको न्यानो मायालाई बिट मारेर म काठमाडौँको एउटा कुनामा बसेर जिन्दगीका संघर्षशील पाइलाहरुले गन्तव्य खोज्न सुरु गरेँ ।अनेकौँ सपना र भविष्यको परिकल्पना गर्दै,मुटु पिरो बनाउदै घरबाट काठमाडौं उपत्यका आएको १ दशक बढी भएछ।

    यो दौरानमा बुवाले मेरो लागि गरेका संघर्ष शब्दमा बयान गर्न सकिन्न्। बुवाको फाटेको ठाउँमा सेतो धागोले सिलाइएको प्रस्टै देख्न सकिने मैलो झोला बोकी आँखामा डलबलाउदै भरिएका तर तिमिले लुकाउन खोजिएका ती आँशु,म बाट अझै लुक्न सकेका छैनन् बुवा! ,मैले भुलेकी छैन त्यो क्षण।

    दु:खले भरिएका आँशु लुकाउने कोसिसमा डगमगाएको तिम्रो आवाजले ‘ म प्रतिको माया र सद्भाव झल्काइरहन्थ्यो । अझैँ पनि याद छ । बुवाले राम्ररी वस्नु तिमीहरु म गए दशैंमा आउछु ‘ ! भनेको, यो वाक्य केवल वाक्य थिएन्। मेरो जिन्दगीको मार्गदर्शक बनेर अविस्मरणीय छ । मेरो लागि,जसलाई म मेरा प्रत्येक पाइलामा देख्ने गर्छु। कल्पना गरिरहेकी हुन्छु । सायद त्यतिबेला मेरो तिमीलाई रोक्न सक्ने हैसियत भइदिएको भए रोजगारीको लागि दोस्रो मुलक भारतमा धन कमाउन जाँदाका तिम्रा सयौं दर्दनाक विहानीहरु आउने थिएनन् होला। बुवा! तिमिले प्रत्येक पटक भारतबाट पैसा कमाएर ल्याउँदा हाम्रा खुशीभित्र तिम्रा संघर्ष र तीता वेदना पनि कम थिएनन। जुन तिमी सँगै गएका तिम्रा साथिभाईबाट सुनिथ्यो।

    भारतमा स्याउको पेटि अरु भन्दा दोब्बर बोक्ने, एकै दिनमा चार वटा घरको ढलानमा सहभागी हुने तिम्रा ती पाखुराहरुको तारिफ तपाईका साथिभाई बाट सुन्दा आँखाबाट आँशुका पोका नझरेका पनि होइनन्। छोराछोरी कै भविष्य बनाउँन त्यो समयमा दिनहुँ तीन हजार नेपाली रुपैयाँ कमाएको उदाहरण पनि तिम्रै थियो। सन्तानको लागि आफ्नो रगत पसिना बगाएर गबार,नोकर जस्ता हेपालु शब्द र हेपालु व्यवहार सजिलै पचाउन सक्थेउ । अझैँ भारतीय विवाह पार्टीका भाँडा माझिसकेपछि पैसा नदिई उल्टै कुटेर पठाएका मन घोच्ने घटनाहरु पनि थिए , तिमीसँग।ती कथित साहु सेटलाई राम्रो वा नराम्रो गर्न बाट रोक्न सक्ने हैसियत कसैको थिएन,न तिम्रो थियो।न त तिमी सँगै मजदुर भएर काम गर्न गएका तिम्रा सहकर्मी साथिभाईको।यो तिमिले जन्मजात हासिल गरेको मध्यम परिवारको धनीमाझ भोगेको वहिष्करण थियो। जुन तिमिले परिवारको लागि सहनु बाध्यता थियो । त्यो अपमान भित्रको मानलाई अङ्कुश लगाई तिमी चित्त बुझाउथेउ महानता यसैमा थियो । शासक ईश्वरभन्दा बलियो हुँदैनन् भनेर , प्रमाणित गर्ने मेरो बुवा सधैं सन्तान प्रतिको दायित्व बोध गर्न सकेका कारण सकसहरु निकै भएपनी खुसीलाई आत्मसाथ गर्न सके !

    बुवाले खेप्नुपरेको पिडादायी त्यो अवस्था लज्जास्पद र अशोभनीय देखिएपनि हाम्रो लागि छाक हातमुख जोड्ने एउटा प्रभावकारी विकल्प त्यही नै थियो । जुन घरको समृद्धि सँगै नाता जोडीसकेका थियौ । त्यसमा तिम्रा आफ्नै दृष्टि थिए,ती दृष्टिभित्र तिम्रा खुशी र आवश्यकता समावेश थिएनन्।त्यो सम्भव थियो । तिम्रो लागि र त्यसैमा रमाउनु तिम्रो बाध्यता पनि,किनकी घरमा आउने आर्थिक अभावको बर्षातमा जिम्मेवारीको छाता ओढाउनु थियो तिमिले।

    तिम्रो प्रतिस्पर्धा घरको अमौद्रिक जिम्मेवारी संग हुने गर्थ्यो।अविश्रान्त जागरको तिम्रो अनिवार्यताले तिम्रो ढाड कहिले सोझो हुन पाएन।जीवनदान गर्न तत्पर थियौ । सन्तान जन्माएर मात्र बुवा बनिदैन भन्ने तिम्रा मनगढन्ते एजेन्डा भित्र तिम्रो योगदान कम थिएन, बुवा ! तिम्रै एजेन्डाको सफल कार्यान्वयनमा तिम्रै गाँस काटिने गर्थ्यो,तरपनि मेरा स-साना नयन अगाडी खुशीको संगालो मानिने मुस्कानको कमी थिएन तिमिमा, तिमिले प्रमाणित गरेका छौ । सन्तानको  रक्षाको लागी बुवाको भूमिका अपरीहार्य छ, । बुवा सन्तानप्रति समर्पित रहन्छन भनेर।

    
छोरी आफै गरिखान सक्छन भनी विश्वास गर्न मुस्किल र छोरी
     सक्षम,आत्मनिर्भर बनाउने भन्दा सेटल्ड केटाको जिम्मा लाउने सपना बुन्दै छोरीको पढाइ लक्ष्य र आकांक्षाहरु अलपत्र पारिदिने आलोचनात्मक र अव्यवस्थित समाजमाझ ,गरिबी र निरक्षरता भित्रको कठिन दुख,कष्ट,मेहनत र विभिन्न सामाजिक वहिष्करणका बाबजुत पनि समाजको विद्यमान चरित्र बदल्न योग्य सक्षम अभिभावकको नेतृत्व समालेकोमा,म गौर्वान्वित छु! बुवा !!

    उचित शिक्षा,अवसर र परिवारको सहयोग भएका छोरीहरु आफ्नो भविष्य आफैँ सुरक्षित पार्न सक्छन,भन्ने र देखाउने तिम्रा कर्मठ कौशल प्रति आभारी छु ! सु-स्वास्थ्य,दीर्घआयुको कामना सहित कुशे औशींको शुभकामना छ बुवा ।हजुरले सिकाउनु भएको अनुशासन, इमान र एउटा साधारण जिन्दगीबाट प्राप्त हुने सन्तुष्टिको सार्थकता बुझ्दै,उत्कृष्ट छोरीहुन आधुनिक आविष्कार,बौद्दिकता र आत्मनिर्भरता चाहिन्छ भन्ने तपाईको दृष्टिकोणमा सधैं प्रतिबद्ध हुनेछु।  बुवा, जो कहिल्यै आफ्नो पीडा देखाउँदैनन्। जसले आफ्नो सपना हामीमा अर्पण गरेर, हामीलाई ठूला सपना देख्न सिकाउनुहुन्छ। आमाको ममता खुलेर देखिन्छ, बुवाको माया भने गहिरो नदीजस्तै हुन्छ । शान्त, तर गहिरो। त्यसैले बुवा जीवनका मौन नायक हुन्।

    • टिका केसी
    • बुवाको मुख हेर्ने दिन
    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित
    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ३.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ४.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    भर्खरै

    • १.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • २.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ३.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ४.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ५.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ६.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ७.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ८.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.