हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज देशभर मनसुन गतिविधि बढ्ने देखिएको छ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
विशेषगरी लुम्बिनी प्रदेशको तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।