• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

आज यी स्थानमा हुने छ हल्का देखि भारी वर्षा

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

"लाहोर यात्रा एउटा गन्तव्य मात्र बनेन, जीवनको पुस्तक बन्यो "

  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • लाहोर: सम्झनामा बस्ने एक अविस्मरणीय यात्रा

    Advertisement

    दक्षिण एसियाको ऐतिहासिक र सांस्कृतिक धरोहर मध्ये पाकिस्तानको लाहोर एक विशेष पहिचान बोकेको सहर हो। “जसले लाहोर देखेन, उसले जन्म नै लिएको छैन” भन्ने प्रसिद्ध पंजाबी उक्ति यस सहरको महत्व दर्शाउन पर्याप्त छ। मुगलकालीन वास्तुकला, जीवन्त संस्कृति, स्वादिष्ट परिकार र आत्मीय आतिथ्यका कारण लाहोर विश्वभरका पर्यटकहरूको रोजाइमा पर्ने गन्तव्य बनेको छ। लाहोर यो शब्द सानैदेखि सुन्दै आएको थिए। यसपटक भने आफै लाहोर जाने निदो गरे।

    नेपालबाट पाकिस्तानको यात्रा गर्दा लाहोरमा पाइला टेक्नेबित्तिकै फरक संस्कृतिसँगको साक्षात्कार हुन्छ। फराकिला सडक, ऐतिहासिक भवन, व्यस्त बजार र मुस्कुराउँदै स्वागत गर्ने स्थानीय नागरिकले यात्रालाई झन् आत्मीय बनाइदिन्छन्। भाषा फरक भए पनि मानिसहरूको व्यवहारमा अपनत्व झल्किन्छ। तर मा नेपाल बाट होईन। मेरो कर्मभुमी युएई बाट लाहोर हिडे। लाहोरको सबैभन्दा प्रसिद्ध आकर्षणमध्ये बादशाही मस्जिद हो। रातो ढुंगाबाट बनेको यो भव्य मस्जिद मुगल सम्राट औरंगजेबको पालामा निर्माण गरिएको थियो। यसको विशाल प्रांगण, कलात्मक नक्काशी र धार्मिक गरिमाले हरेक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ। मस्जिदको ठीक अगाडि रहेको लाहोर किल्ला (Lahore Fort) युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा हो, जहाँ मुगलकालीन कला र वास्तुकलाको उत्कृष्ट नमुना देख्न सकिन्छ।

    यात्राले मानिसलाई केवल नयाँ ठाउँ देखाउँदैन, उसलाई नयाँ सोच, नयाँ संस्कृति र जीवनलाई हेर्ने फरक दृष्टिकोण पनि दिन्छ। अबुधाबीबाट लाहोर पुग्दा मेरो मनमा पनि यस्तै उत्सुकता थियो। समाचार र सुनेका कथाभन्दा बाहिर निस्केर पाकिस्तानलाई आफ्नै आँखाले हेर्ने अवसर मिल्यो। युएई बाट करिब साढे ३ घन्टाको यात्रा पछि। लाहोर पुगियो। लाहोर पुग्नेबित्तिकै हरियालीले भरिएको वातावरणले मन छोयो। सडकका दुवैतर्फका रूखहरू, खुला आकाश र शान्त वातावरणले यो शहरलाई अझ आकर्षक बनाएको थियो। आधुनिक विकास र परम्परागत संस्कृतिको सुन्दर मेल यहाँ सहजै देख्न सकिन्थ्यो।

    दुबईमा देख्ने धेरै अन्तर्राष्ट्रिय ब्रान्डहरू लाहोरका बजारहरूमा पनि भेटिए। त्यसले विश्वका शहरहरूबीचको दूरी प्रविधि र विकासले कति घटाइसकेको रहेछ भन्ने अनुभूति गरायो। तर लाहोरको वास्तविक परिचय भनेका यहाँका मानिसहरूको सरलता, आत्मीय व्यवहार र आफ्नै सांस्कृतिक पहिचान हुन्। खानाको कुरा गर्दा, पञ्जाबी परिकारहरूले विशेष रूपमा मन जिते। मसला, स्वाद र परिकार बनाउने शैली फरक भए पनि कतिपय स्वादले नेपाली खानाको झल्को दिलायो। यहाँको दूध चिया त झन् आफ्नै पहिचान बोकेको रहेछ। एक कप चियाले पनि यात्राको थकान बिर्साइदिने अनुभव भयो।

    यहाँका महिलाहरूको कुर्ता–सलवार र पुरुषहरूको शलवार–कमीजले आफ्नो संस्कृति र परम्पराप्रतिको सम्मानलाई स्पष्ट देखाउँथ्यो। आधुनिकता स्वीकार गर्दै पनि आफ्नो मौलिक पहिचान जोगाइराख्नु एउटा समाजको ठूलो शक्ति रहेछ भन्ने महसुस भयो।
    मलाई लाहोर लाई एक फन्को लगाउनु थियो। नयाँ शहर त्यो पनि सपनाको लाहोर मनमा खुसीका पालुवाहरू पलाइरहेका थिए।

    लाहोर पुगेपछि : पहिलो भेटमै मन छोएको सहर

    पाकिस्तानको लाहोर अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेसँगै मनमा एउटा नयाँ उत्साह जाग्यो। अध्यागमन प्रक्रिया पूरा गरेर बाहिर निस्कँदा लाहोरको गर्मजोशीपूर्ण वातावरणले पहिलो क्षणमै स्वागत गर्यो। विमानस्थल निकै व्यवस्थित, सफा र आधुनिक देखिन्थ्यो। बाहिर निस्कँदा स्थानीय मानिसहरूको आत्मीय मुस्कान र सहयोगी व्यवहारले आफू विदेशी भूमिमा होइन, कुनै परिचित स्थानमा आएको जस्तो अनुभूति भयो।

    विमानस्थलबाट सहरतर्फ अघि बढ्दै गर्दा फराकिला सडक, व्यवस्थित ट्राफिक, हरियाली र अग्ला भवनहरूले लाहोरको आधुनिक स्वरूप देखाइरहेका थिए। पुराना ऐतिहासिक सम्पदा र नयाँ पूर्वाधारबीचको सन्तुलनले यो सहरलाई अझ आकर्षक बनाएको रहेछ। सडकका दुवैतर्फ देखिने पसल, होटल, क्याफे र व्यस्त बजारले लाहोरको दैनिक जीवन निकै चलायमान रहेको संकेत गरिरहेका थिए।

    होटलमा पुगेपछि केही समय आराम गरेर सहर घुम्न निस्किएँ। पहिलो नजरमै लाहोरको जीवनशैली, यहाँको संस्कृति र मानिसहरूको सहज व्यवहारले मन जित्यो। स्थानीय बजारमा हिँड्दा परम्परागत पहिरन लगाएका मानिसहरू, रंगीन पसलहरू र स्थानीय खानाको सुगन्धले यात्राको उत्साह झन् बढाइदियो।

    लाहोरको अर्को विशेषता यहाँको आतिथ्य रहेछ। बाटो सोध्दा होस् वा कुनै जानकारी चाहिँदा, स्थानीय मानिसहरूले मुस्कुराउँदै सहयोग गरे। भाषा फरक भए पनि आत्मीय व्यवहारले संवाद गर्न कुनै कठिनाइ भएन। साँझ पर्दै जाँदा सहर अझ झिलिमिली देखिन थाल्यो। सडकका बत्तीहरू, चहलपहल र परिवारसहित घुम्न निस्किएका मानिसहरूले लाहोरको जीवन्त वातावरण झल्काइरहेका थिए। स्थानीय रेस्टुरेन्टमा पाकिस्तानी परिकारको स्वाद लिने अवसर पनि मिल्यो। मसलेदार खाना र प्रसिद्ध लस्सीको स्वादले यात्रा अझ सम्झनलायक बनायो।

    लाहोरमा बिताएको पहिलो दिनले नै यो सहर केवल इतिहासको केन्द्र मात्र नभई आधुनिकता, संस्कृति र आत्मीयताको सुन्दर संगम भएको अनुभूति गरायो। पहिलो भेटमै लाहोरले मन जित्यो। आगामी दिनहरूमा यस सहरका ऐतिहासिक सम्पदा, सांस्कृतिक सम्पदा र यहाँका जनजीवनलाई अझ नजिकबाट बुझ्ने उत्सुकता झन् बढ्दै गयो।

    लाहोरमा पाइला टेकेको त्यो पहिलो दिन मेरो यात्राको एउटा अविस्मरणीय सुरुआत बन्यो। नयाँ देश, नयाँ संस्कृति र नयाँ अनुभवसँगको भेटले यात्राको प्रत्येक क्षणलाई विशेष बनायो। लाहोरले मलाई सिकाएको पहिलो पाठ थियो—सीमा फरक भए पनि आत्मीयता, सम्मान र मानवीय सम्बन्धको भाषा संसारभर एउटै हुन्छ।

    लाहोरको चिडियाघरमा एउटा अविस्मरणीय भेट

    आज लाहोरको भ्रमणका क्रममा एउटा सानो तर आकर्षक चिडियाघर घुम्ने अवसर मिल्यो। त्यहाँका विभिन्न जीवजन्तु हेर्दै वातावरणको आनन्द लिइरहेको बेला एउटा अप्रत्याशित घटना घट्यो । स्थानीय पाकिस्तानी पत्रकारसँग मेरो भेट भयो। उहाँले नेपालबाट आएको यात्रुका रूपमा मेरो यात्रा अनुभव जान्न चाहनुभयो र छोटो अन्तर्वार्ता पनि लिनुभयो।

    अन्तर्वार्ताका क्रममा मैले नेपाल र पाकिस्तानबीचको आत्मीयता, लाहोरको हरियाली, यहाँका मानिसहरूको आतिथ्य र मैले महसुस गरेको सकारात्मक अनुभव खुलेर बाँड्ने अवसर पाएँ। विदेशी भूमिमा आफ्नो विचार सार्वजनिक रूपमा व्यक्त गर्न पाउँदा मनमा छुट्टै गर्व र खुसीको अनुभूति भयो।

    त्यस क्षणले मलाई एउटा सन्देश दियो—यात्रा केवल नयाँ ठाउँ घुम्ने माध्यम मात्र होइन, नयाँ मानिससँग जोडिने, संस्कृति बुझ्ने र आफ्ना अनुभव संसारसँग साझा गर्ने सुन्दर अवसर पनि रहेछ। लाहोरको त्यो सानो चिडियाघर र त्यहाँ भएको छोटो अन्तर्वार्ता मेरो यात्राको अविस्मरणीय सम्झनामध्ये एक बनेर रहनेछ।

    बजारमा भेटिएको आफ्नोपन

    लाहोर आएको पनि आज पाँच दिन पुगीसकेछ । लाहोरको यात्राको पाँचौँ दिन मेरो लागि किनमेल, खानेकुराको स्वाद लिनु र संस्कृतिको नयाँ अनुभूति बोकेको दिन बन्यो। आज म मेरो साथीकी मम्मी र साथीको भाइसँग यहाँको व्यस्त बजार घुम्न निस्किएँ। बजारका गल्लीहरूमा घुम्दै गर्दा मैले आफूलाई मन परेका जुत्ता, चप्पल र केही लुगाहरू किनेँ। ती सामानहरू केवल किनमेलका वस्तु मात्र थिएनन्, यो यात्राका सुन्दर सम्झनाहरू पनि थिए।

    किनमेलपछि स्थानीय परिकार र मिठा पानको स्वाद चाख्ने अवसर पनि मिल्यो। नयाँ ठाउँको स्वादले यात्रालाई अझ स्मरणीय बनाइदियो। हरेक परिकारमा यहाँको संस्कृति र आतिथ्यको मिठास मिसिएको अनुभूति भयो।

    मलाई सबैभन्दा धेरै छोएको कुरा भने यहाँको बजारको वातावरण थियो। कताकता नेपाली बजारको झल्को आउँथ्यो, त कतै संयुक्त अरब इमिरेट्सका बजारहरूको सम्झना दिलाउँथ्यो। धर्म फरक भए पनि मानिसहरूको व्यवहार, बोल्ने शैली, आत्मीयता र अतिथिप्रतिको सम्मान निकै परिचित लाग्यो। भाषा फरक थियो, तर मुस्कान र अपनत्वको भाषा भने उस्तै थियो।

    यात्राले मलाई फेरि एउटा सुन्दर सत्य सिकायो—राष्ट्र, धर्म र भाषा फरक हुन सक्छन्, तर मानवताको भावना एउटै हुन्छ। आफ्नोपन सीमाले होइन, व्यवहारले जन्माउँछ। लाहोरको पाँचौँ दिनले मेरो मनमा यही अमूल्य अनुभूति सधैँका लागि अंकित गरिदियो।

    म एक नेपाली त्यस माथि हिन्दू परिवारमा जन्मिएको व्यक्ति भएकाले यहाँका हिन्दू धार्मिक स्थलहरू आफ्नै आँखाले हेर्ने इच्छा धेरै अघिदेखि थियो। त्यसै इच्छालाई पूरा गर्दै, मैले करिब एक घण्टाभन्दा बढी समय मोटरसाइकलमा यात्रा गरेर लाहोरका दुई ऐतिहासिक हिन्दू मन्दिरहरूको दर्शन गर्ने अवसर पाएँ।

    सबैभन्दा पहिले वाल्मिकी मन्दिर पुगेँ। त्यसपछि रवी रोड क्षेत्र नजिक रहेको ऐतिहासिक कृष्ण मन्दिरको दर्शन गरेँ। मन्दिर परिसरमा पुग्नेबित्तिकै मनमा एउटा छुट्टै शान्ति र अपनत्वको अनुभूति भयो। परदेशको भूमिमा पनि आफ्नै धर्म र संस्कृतिको चिनो देख्दा मन भावुक बन्यो।

    यहाँका पुजारीहरूले अत्यन्त आत्मीयताका साथ स्वागत गर्नुभयो। उहाँहरूको व्यवहारले धार्मिक सहिष्णुता र मानवीय सद्भावको सुन्दर उदाहरण प्रस्तुत गर्‍यो। कुराकानीका क्रममा उहाँहरूले पाकिस्तान सरकारले मन्दिर संरक्षण र व्यवस्थापनमा सहयोग गर्दै आएको बताउनुभयो। यद्यपि मैले छोटो भ्रमणका क्रममा त्यस सहयोगको पूर्ण स्वरूप आफैँ अनुभव गर्न सकिनँ। त्यसैले यस विषयमा अन्तिम निष्कर्ष निकाल्नुभन्दा पनि, मैले पुजारीहरूले व्यक्त गर्नुभएको धारणा सम्मानपूर्वक सुनेँ।

    यो दिनले मलाई एउटा महत्वपूर्ण अनुभूति गरायो—धर्म फरक हुन सक्छ, तर श्रद्धा, सम्मान र मानवता सबैभन्दा ठूलो साझा मूल्य रहेछ। लाहोरका यी ऐतिहासिक मन्दिरहरूको यात्रा मेरो पाकिस्तान भ्रमणको अविस्मरणीय अध्याय बनेर सधैँ स्मृतिमा रहनेछ।

    लाहोरको ऐतिहासिक कृष्ण मन्दिर

    पाकिस्तानको पञ्जाब प्रान्तस्थित लाहोर शहरको रवि रोडमा, टिम्बर मार्केटको ठीक विपरीत, भगवान श्रीकृष्णलाई समर्पित एक ऐतिहासिक हिन्दू मन्दिर अवस्थित छ। समकालीन समयमा यो मन्दिर लाहोरमा नियमित रूपमा सञ्चालनमा रहेका दुई प्रमुख हिन्दू मन्दिरमध्ये एक मानिन्छ। अर्को महत्वपूर्ण हिन्दू धार्मिक स्थल वाल्मीकि मन्दिर हो।

    लाहोर भ्रमणका क्रममा यस कृष्ण मन्दिरको दर्शन गर्ने अवसर पाउनु मेरो लागि विशेष अनुभूति थियो। परदेशको भूमिमा पनि हिन्दू धर्म, संस्कृति र आस्थाको निरन्तरता देख्दा मनमा श्रद्धा र आत्मीयताको भावना जाग्यो। मन्दिरका पुजारीहरूले आत्मीय स्वागत गर्नुभयो, जसले यो भ्रमणलाई अझ स्मरणीय बनायो। यो मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, लाहोरमा बसोबास गर्ने हिन्दू समुदायको धार्मिक र सांस्कृतिक पहिचानको एउटा महत्वपूर्ण प्रतीक पनि हो।

    इतिहास र प्राकृतिक सौन्दर्यको संगम : इतिहासको आँगनमा केही मौन क्षण

    लाहोर बसाइँ झन् रोचक बन्दै गयो। हप्ता दिन कसरी बित्यो पति भएन। केहिदिन घुमेर आफ्नो काममा फर्किनुपर्ने चटारो एकातिर थियो त। अर्कोतिर लाहोरले मोहनी लगाईसकेको थियो। समग्रहमा लोहोर यात्रा मेरो जिन्दगीको यात्राको एउटा अविस्मरणीय अध्याय बन्यो। आज म बादशाही मस्जिदको आँगनमा उभिएको थिएँ। विशाल प्रवेशद्वार पार गर्दै भित्र पुग्दा लाग्यो, म कुनै साधारण भवनमा होइन, शताब्दीौँदेखि समयलाई साक्षी राख्दै उभिएको इतिहासको काखमा प्रवेश गर्दैछु।

    रातो ढुंगाका भव्य पर्खालहरू, सेता संगमरमरका कलात्मक आकृतिहरू र चारैतिर फैलिएको शान्त वातावरणले मनलाई शब्दभन्दा धेरै गहिरो गरी छोयो। त्यहाँ उभिएर मैले केवल एउटा ऐतिहासिक सम्पदा हेरिरहेको थिइनँ; म विगत, वर्तमान र भविष्यलाई एउटै आकाशमुनि भेटिरहेको थिएँ।

    मस्जिदको विशाल आँगनमा केही क्षण मौन भएर बसेँ। त्यो मौनताले धेरै कुरा बोलिरहेको थियो। यात्राले हामीलाई नयाँ ठाउँहरू मात्र देखाउँदैन, आफ्नै मनभित्र लुकेका प्रश्नहरूसँग पनि भेट गराउँछ। परदेशको यात्रामा हरेक नयाँ दृश्यले मलाई आफ्नो देश, आफ्ना मानिसहरू र आफ्ना सम्झनाहरू अझ गहिरोसँग सम्झाइरहन्छ।

    त्यो क्षणमा मलाई महसुस भयो—सीमाना नक्सामा कोरिएका रेखा मात्र हुन्; श्रद्धा, संस्कृति, कला र मानवीय भावना भने सधैँ सीमाभन्दा ठूलो हुन्छन्। यही अनुभूतिले मेरो यात्रा केवल घुमफिर नभई आत्मअनुभूतिको यात्रामा परिवर्तन गरिदियो।

    बादशाही मस्जिदबाट फर्किँदा मैले केवल केही तस्बिरहरू साथमा ल्याइनँ। मैले इतिहासको स्पर्श, शान्तिको अनुभूति र जीवनलाई अझ फराकिलो दृष्टिले हेर्ने एउटा नयाँ सोच पनि साथमा लिएर फर्किएँ। यात्रा सकिन्छ, तर यात्राले मनमा कोरेका अनुभूतिहरू कहिल्यै समाप्त हुँदैनन्। तिनै अनुभूतिहरू नै मेरो लेखनीका पानाहरूमा फेरि फेरि जीवन्त भएर बाँचिरहन्छन्।

    इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र त्यहाँका मानिसहरूको आत्मीयताले यो यात्रा अझ विशेष बनायो। प्राचीन सभ्यतादेखि आधुनिक विकाससम्मको यात्रा बोकेको यो देशले आफ्नो मौलिक पहिचानलाई जोगाइराखेको छ।

    पञ्जाबको हरियाली, ऐतिहासिक सम्पदा, पुराना दरबार, मस्जिदहरू र सांस्कृतिक वातावरणले मन छोयो। त्यहाँका मानिसहरूको आतिथ्य, अनुशासन र पारिवारिक संस्कारले पनि मलाई गहिरो प्रभाव पार्यो। विभिन्न संस्कृति र धर्मबीच पनि आफ्नो परम्परालाई सम्मानपूर्वक जोगाइराख्ने उनीहरूको प्रयास प्रशंसनीय लाग्यो।

    प्राकृतिक सौन्दर्यका दृष्टिले पनि पाकिस्तान निकै समृद्ध देश रहेछ। हरियाली, बगैंचा, नदी, हिमाल र रमणीय दृश्यहरूले यात्रालाई अझ आकर्षक बनाए। यस यात्राले मलाई एउटा महत्वपूर्ण कुरा सिकायो—हरेक देशको आफ्नै इतिहास, संस्कृति र जीवनशैली हुन्छ, जसलाई सम्मान गर्दै त्यसबाट राम्रो कुरा सिक्न सकियो भने यात्रा साँच्चिकै सफल हुन्छ।

    लाहोरबाट बिदाइ

    आज लाहोरमा मेरो सातौँ र अन्तिम दिन। अब म युएईको अबुधाबी फर्किने यात्रामा छु। एयरपोर्टतर्फ जाँदै गर्दा आकाशबाट हल्का वर्षा झरिरहेको छ। मौसमले यात्रा केही चुनौतीपूर्ण बनाइरहेको भए पनि मनभित्र भने छुट्टै आनन्द र कृतज्ञताको अनुभूति छ।

    कुनै नयाँ देश घुम्नु भनेको केवल नयाँ ठाउँहरू हेर्नु मात्र होइन, त्यहाँका मानिस, संस्कृति, जीवनशैली र आत्मीयतालाई नजिकबाट महसुस गर्नु पनि रहेछ। लाहोरले मलाई त्यही अनुभव दियो।

    आज म फर्किँदै छु, तर रित्तो हात होइन। यो यात्राबाट धेरै रमाइला सम्झनाहरू, फरक संस्कृतिको सुन्दर अनुभूति, केही मीठा भेटहरू र जीवनलाई अझ फराकिलो दृष्टिले हेर्न सिकाउने अनुभवहरू साथमा लिएर जाँदैछु। यी सम्झनाहरू केवल मेरो क्यामेरामा मात्र कैद भएका छैनन्; यी त मेरो मनको गहिराइमा सदाका लागि बसेका छन्।

    हरेक यात्राको एउटा अन्त्य हुन्छ, तर त्यसले छोडेका सम्झनाहरूको यात्रा भने कहिल्यै समाप्त हुँदैन। लाहोरसँगको यो सात दिनको सम्बन्ध पनि अब मेरो जीवनको एउटा अविस्मरणीय अध्याय बनेर सधैँ साथ रहनेछ। लाहोरमा बिताएका दिनहरू केवल घुमफिरमा सीमित रहेनन्। यहाँको इतिहास, संस्कृति, खानपान, बजार र मानिसहरूको जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर मिल्यो। मुगलकालीन सम्पदाले भरिएको यो सहरले इतिहासलाई केवल पुस्तकमा होइन, आफ्नै आँखाअगाडि जीवित रूपमा देखायो। बादशाही मस्जिदको भव्यता, लाहोर किल्लाको ऐतिहासिक महत्व, पुरानो लाहोरका गल्लीहरू र साँझको चहलपहलले यात्रालाई विशेष बनायो।

    यो यात्रा सकिँदा मैले केवल केही तस्बिरहरू मात्र लिएर फर्किनँ। मसँग नयाँ अनुभवहरू, मीठा सम्झनाहरू र एउटा विश्वास पनि साथमा थियो। देश फरक भए पनि मानिसका भावना, मुस्कान, आतिथ्यता र आत्मीयता उस्तै हुँदारहेछन्। यात्राले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो कि संसारलाई चिन्ने सबैभन्दा राम्रो माध्यम यात्रा नै हो। लाहोर मेरो यात्राको एउटा गन्तव्य मात्र बनेन, जीवनको पुस्तक बन्यो।

    सपना न्यौपाने, युएई

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
    आज यी ठाउँमा भारी वर्षा हुने
    आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • २.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ३.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ४.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ५.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ७.
      आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    • ८.
      बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.