सुर्खेत । सुर्खेतमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको वीरेन्द्रनगर–१३ करेखोलामा ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन।
आइतवार बिहान १ बजेतिर ठाडाले प्रहरीलाई फोन गरेर सर श्रीमती मारिसके पक्राउ गर्न आउनुहोस् भन्दै घरको ठेगाना दिएर प्रहरीलाई जानकारी गराएर श्रीमतीको हत्या गरेका थिए।
सुचना पाउना साथ करेखोला प्रहरी चौकी बाट खटिएको टोलिले बिहान २ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ठाडाले चिर्पटले हानेर हत्या गरेको बताइएको छ । घटनाको मुख्य कारण पारिवारिक विवाद र मानसिक तनाब बुझिएपनी कारण नखुलेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।