• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

आज फेरी बढ्यो सुनको मूल्य

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • ३. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ४. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ५. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ६. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ७. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ८. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ९. रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

  • १०. प्रतिनिधि सभाको बैठक बस्दै

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन् । तरकारी खेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।

    Advertisement

    विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारी खेती गरिएको जानकारी दिए।

    “धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरूले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारी खेती गरेका हुन,” उनले भने “विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”
    बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायो साग, धनियाँ, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिंगो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु. पाँच हजार तिर्ने गरी भाडामा लिएका छन् ।

    विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए ।

    छात्रावासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायो पालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक लाख ५० हजार सहयोग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गत वर्ष रु. तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा
    आज फेरी बढ्यो सुनको मूल्य
    गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि
    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने
    आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य
    चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • ३.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ४.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ५.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ६.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    भर्खरै

    • १.
      आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

    • ४.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ५.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ६.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ७.
      आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    • ८.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.