धनगढी। सुदुरपश्चिममा महिनावारी भएकी बेलामा देउता रिसाउने अन्धविश्वासले एक महिलाको ज्यान गएको छ ।
Advertisement
आफ्नो पक्की र सुरक्षित घर हुँदाहुँदै, महिनावारी भएकै कारण घरनजिकैको असुरक्षित छाउगोठमा सुत्न बाध्य कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पको डसाइबाट दुःखद मृत्यु भएको हो।
शुक्रबार मध्यराति छाउगोठमा सुतिरहेको अवस्थामा उनलाई विषालु सर्प ले डसेपछी तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याईएको थियो । तर उनको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।