आफ्नै पानी घट्ट हेर्न गएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -७ मा एक युवा मृत अवस्थामा फेला परेका छन् । मंगलबार बेलुका सानीभेरी स्थित रोलखोला निवासी २४ वर्षीय कमल ओली मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घरबाट आफ्नै घट्ट हेर्न गएका ओली घट्ट नजिकैको सिंचाई कुलोमा मृत अवस्थामा फेला परेका हुन् ।
कुलोमा लडेर मृत अवस्थामा रहेको भनेर स्थानीयले जानकारी गराए पश्चात प्रहरी चौकी सिम्लीबाट प्रहरी सहायक निरीक्षक भुप बहादुर बोहराको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको छ ।
उक्त घटनाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावलको नेतृत्वको टोली खटिएको बताईएको छ ।