आठबिसकोट । जेठ २४ गते ठुलिभेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका-८ मन्मै स्थित बन्दै गरेको पुल नजिकै भेरी नदीमा पौडी खेल्ने क्रममा गत शुक्रवार एकै साथ तीन जना बेपत्ता भएका थिए ।
Advertisement
बेपत्ता भएको केही समयमै दुई जना मृत फेला परेका थिए ।भने अन्दाजी १२ वर्षका आशा कुसारी बेपत्ता थिइन । बेपत्ता कुसारीको हिजो सोमबार जाजरकोटको नलगाड-७ स्थित चामखेतमा भेरी नदी किनारामा शव फेला परेको हो ।